सेरि एः एसी मिलानको रोमाञ्चक ड्र, अटलाण्टा विजयी

IMG-20230430-WA0107.jpg

३० अप्रेलः इटालियन सेरि ए फूटबलमा चौथो स्थानको होड़मा सामेल एसी मिलान र रोमाबीच खेलिएको म्याच १-१-को रोमाञ्चक ड्र-मा समाप्त भयो। रोमाको होम ग्राउण्डमा खेलिएको यस म्याचमा दुवै गोल अन्तिम क्षणमा भयो। युवा टामी अब्राहमले स्टपेज टाइमको चौथो मिनटमा रोमालाई बढ़त दिलाए। चरम दबाउबीच एसी मिलानका खेलाड़ी एलेक्सिस सालेमेकर्सले पनि लगत्तै तीन मिनटपछि गोल गरी गत सीजनको च्याम्पियन टीमलाई १-१-को बराबरीमा पुऱ्याए। यस ड्र पछि यी दुई टीमको ३२-३२ वटा म्याचमा ५७-५७ पोइण्ट पुग्यो तर गोल अन्तरको आधारमा एसी मिलान सेरि ए टेबलको चौथो स्थानमा रहन पुग्यो। यसरी अन्य एउटा रोमाञ्चक म्याचमा अटलाण्टाले तोरिनो विरुद्ध २-१-ले जीत हासिल गऱ्यो।

तोरिनोको होम ग्राउण्डमा ३७ प्रतिशत पोजेशनको साथ खेल्ने अटलाण्टालाई डाविडे जाप्पाकोस्टाले ३४औं मिनटमा बढ़त दिलाए। त्यसपछि एण्टोनिओ सानाब्रिआले ७५औं मिनटमा गोल गरी तोरिनोलाई १-१-को बराबरीमा पुऱ्याए। अन्तमा डुवान जापाटाले ८८औं मिनटमा गोल गरे अटलाण्टालाई २-१-ले जीत दिलाए। यस जीतको साथै अटलाण्टा ३२ वटा म्याचमा ५५ पोइण्टको साथ छैटौं स्थानमा पुग्यो। यसरी ११औं स्थानमा रहने तोरिनोसँग ४२ पोइण्ट रहेको छ।अन्य म्याचहरूमा मोञ्जाले स्पेजिआलाई २-०-ले अनि लीसले उडिनिसलाई १-०-ले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement