३० अप्रेलः नर्थ बेंगल फूटबल प्लेयर्स एसोसिएशनको तत्त्वावधानमा तीनदिने भेटरन्स फूटबल टुर्नामेण्ट शनिवारदेखि शुरु भयो। सहायक फाउण्डेशन, मर्निंग क्लब ग्रुप अनि मनजीत एकादशको सहयोगमा आयोजित यस टुर्नामेण्टको पहिलो दिन ग्रुप ए-मा क्वार्टर फाइनलसम्म म्याचहरू खेलियो। सिलगढ़ीको पानीट्यांकी मोड़ नजिक रामकृष्ण खेल मैदानमा जारी टुर्नामेण्टको पहिलो दिन जम्मा ६ वटा म्याच खेलियो। शुरुवाती म्याचहरू जितेर सिक्किमको हिलस्टोन एफसी-ले रामकृष्ण मर्निंग क्लबलाई १-०-ले पराजित गरी सेमिफाइनलमा स्थान बनायो। म्याचमा एकमात्र गोल बिपेन्द्र तामाङले गरे। यसरी दोस्रो क्वार्टर फाइनलमा डुअर्स राइनोले पूर्वाञ्चल भेटरन्स (नेपाल)-लाई पेनल्टी शूटआउटमा ३-२-ले पराजित गऱ्यो।

टुर्नामेण्टको दोस्रो दिन जम्मा 6 वटा म्याच खेलिनेछ। दुईवटा सेमिफाइनल र फाइनल म्याच १ मईमा खेलिनेछ। टुर्नामेण्टको उद्घाटन समारोहमा मुख्य अतिथिको रूपमा मोहन बगान क्लबका अध्यक्ष बाबुन ब्यानर्जी, पूर्व फूटबलर नवांग भूटिया, समीर मण्डल, डेपुटी मेयर रञ्जन सरकार र उदीयमान एथलीट प्रिया छेत्रीको साथमा अन्य गण्यमान्य व्यक्तिहरूका उपस्थिति रहेको थियो। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई रत्ना देवी शर्मा स्मृति विनर्स ट्रफी प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई इन्द्रमणि देवी स्मृति रनर्स अप् ट्रफी प्रदान गरिनेछ।