३० अप्रेलः खरसाङ फूटबल एसोसिएसन (केएफए)-को पहलमा खरसाङ, दार्जीलिङ अनि कालेबुङबाट जम्मा १३ जना युवा रेफरीहरु कलकत्ता रेफरीस एसोसिएसनद्वारा सञ्चालित रेफरी लाइसेन्स परीक्षाको निम्ति कोलकाता प्रस्थान गरेका छ्न। यी १३ जनामा २ जना महिला रेफरी पनि रहेकी छन्।
उल्लेखनीय छ, पहाड़मा असल फूटबल टुर्नामेण्टहरू आयोजित भए पनि असल रेफरीहरुको कमी रहेको कुरालाई अनुभव गरेर नै केएफए-ले जीटीए-को सहयोगमा गत फरवरी महिना ९ दिनको आवासीय प्रशिक्षण शिविरको आयोजन गरेको थियो। कलकत्ता रेफरीस एसोसिएसनका ट्रेनरहरूद्वारा सञ्चालन गरिएको त्यस शिविरबाट उत्तीर्ण हुने २४ जनामा १३ जना अहिले कलकत्तामा रहेका छन्।
केएफए अनि जीटीए-को संयुक्त आयोजनमा उत्तर बंगालमै पहिलो `गोर्खे चेली´ महिला गोल्ड कप फुटबल प्रतियगिताको आयोजना गरिएको थियो। त्यस टुर्नामेण्टमा युवा रेफरीहरूलाई व्यवहारिक सत्र दिलाइएको थियो भने सैद्धान्तिक क्लास चाहिँ स्नो भिउ, क्याम्पसाइड स्कुलमा भएको थियो। यसको साथमा केएफए-को तत्त्वावधानमा अण्डर-१४ बोइज लीग फूटबल टुर्नामेण्ट आगमी १४ मईदेखि शुरु गरिनेछ भनी केएफए-का मूल सचिव सुदीप राईले जनाएका छन्।