आईपीएल २०२३:सनराइजर्स हैदराबाद ९ रनले विजयी

IMG-20230429-WA0293.jpg

२९ अप्रेलः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को ४०औं म्याचमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई ९ रनले पराजित गऱ्यो। नयाँ दिल्लीको अरुण जेटली स्टेडियममा शनिवार खेलिएको म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै सनराइजर्स हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर १९७ रन बनायो। ओपनर अभिषेक शर्माले ६७ र हेनरिक क्लासेनले अविजित ५३ रन बनाए। अभिषेकले ३६ बल खेलेर १२ वटा चौका र एउटा छक्का लगाए। यसरी क्लासेनले २७ बल खेलेर ४ वटा छक्का र २ वटा चौका लगाए। यसबाहेक अब्दुल सामदले २८ रनको योगदान दिए। दिल्ली क्यापिटल्सका बलरहरूमा मिचेल मार्शले सर्वाधिक ४ विकेट लिए। जवाफमा दिल्ली क्यापिटल्सले २० ओभरमा ६ विकेट गुमाएर १८८ रन मात्र बनाउन सक्यो। मिचेल मार्शले ६ वटा छक्का र एउटा चौकाको साथ सर्वाधिक ६३ रन बनाए। यसबाहेक फिल सल्टले ९ वटा चौकाको साथ ३५ बलमा ५९ रन बनाए। यी दुईलाई छोड़ेर अरू कसैले पनि उल्लेखनीय योगदान दिन सकेनन्। सनराइजर्स हैदराबादका बलरहरूमा मयंक मार्कण्डेयले सर्वाधिक २ विकेट लिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *