विभिन्न स्थानबाट ड्रग्ससहित चार पक्राउ

IMG-20230429-WA0284.jpg

गान्तोक: ड्रग्समुक्त राज्य बनाउने उद्देश्यले सिक्किम पुलिसले शुरू गरेको अभियानले अपार सफलता हासिल गरेको छ। पुलिसको सक्रियतामा प्रतिदिन जसो नै ड्रग्सको धन्दामा लिप्त बनेकाहरू पुलिसको पञ्जामा परिरहेका छन्। यसै क्रममा रम्फू पुलिस हिजो ड्रग्स सहित दुई जनालाई पक्राउ गर्न सफल बनेको छ। पक्रा पर्ने आरोपीहरूमा पश्चिम बंगालको किरने निवासी मदन कार्की र लोहापुल निवासी गगन छेत्रीकोरूपमा पुलिसले चिन्हित गरेको छ। पुलिसले जानकारी गराए अनुसार रम्फू पुलिसले डब्ल्यूबी ७३-एफ-८५९७ ट्रकलाई रम्फूमा जाँच गर्ने क्रममा आरोपीबाट ड्रग्स फेला पारेको हो। उक्त टाटाले सिलगढीबाट ईँटा र रड लिएर गान्तोक आइरहेको थियो। पुलिसले जाँचको क्रममा ३०९ बोतल कफ सिरप र ८४६ वटा स्पास्मो प्रोक्सिवन क्याप्सुल फेला पारेको थियो। जाँचको क्रममा फेला परेको ड्रग्स घर निर्माणको निम्ति प्रयोग गरिने ईँटा र रडभित्र लुकाएर राखेको पुलिसले जानकारी गराएको छ। यस घटनालाई लिएर रम्फू पुलिसले सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत आरोपीद्वयविरूद्ध मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ। यसरी नै सिङताम पुलिसले ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको जानकारी गराएको छ। पक्रा पर्नेहरूमा सिरवानी बस्ती निवासी प्रणय राई र जित बहादुर कामीकोरूपमा पुलिसले चिन्हित गरेको छ। घटना क्रम अनुसार सिङताम पुलिसलाई विश्वासनीय सुत्रले आरोपी प्रणय राईले सिरवानीमा ड्रग्सको धन्दा गर्दै आइरहेको सूचित गरेको थियो। पुलिसले प्रणय राईको कोठामा छापा मार्ने क्रममा जित बहादुर राई र प्रणय मिलेर ब्राउन सुगर प्याकिङ गरिरहेको अवस्थामा फेलापरेपछि पक्राउ गरेको हो। पुलिसले छापा मार्ने क्रममा १४.१ ग्राम्स ब्राउन सुगर फेला पारेको छ। पुलिसले आरोपीद्वयविरूध एनडीपीएस एक्ट १९८५ अन्तर्गत मुद्दा दर्ता गर्दै केराकार गरिरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *