माकपाका तीन ठूला नेताहरूलाई कोर्टमा हाजिर हुने आदेश

main-qimg-14e0f298af69b6c0040646ee9c91bc92-lq.jpeg

कोलकाता: तृणमूल कांग्रेसका प्रवक्ता कुणाल घोषको मानहानि मामिलामा कोर्टले वाम मोर्चाका तीन ठूला नेताहरूलाई हाजिर हुने आदेश दिएको छ घोषको तर्फबाट ब्याङ्कशाल कोर्टमा दर्ता गराइएको मानहानि मामिलामा शनिवार १९ नम्बर मेट्रोपोलिटन मजिस्ट्रेटले आगामी १३ जूनमा सीपीएमका राज्य सचिव मोहम्मद सलीम, वाम मोर्चाका अध्यक्ष विमान बोस र सीपीएम नेता शतरूप घोषलाई कोर्टमा पेश हुनलाई भनेका छन्। यस सम्बन्धमा कुणालले भने, मेरा उकीलले त्यस टिप्पणीलाई लिएर यी नेताहरूलाई माफी माग्नका लागि तीन दिनको समय दिएका थिए तर माकपा नेताहरूले जवाफ दिएनन्। कुणालले हालमा कार किन्नलाई लिएर ट्वीट गरी सीपीएम नेता शतरूपमाथि हमला गरेका थिए। यसपछि शतरूपले कथित रूपमा अलीमुद्दीन स्ट्रीट स्थित माकपा मुख्यालय मुजफ्फर अहमद भवनमा कुणाललाई “टेस्ट ट्यूब बेबी” भनेका थिए। कुणालका उकील अयान चक्रवर्तीले अदालतलाई भने, यस बयानले कुणाल घोषको परिवारको पनि अपमान भएको छ। आरोप छ, त्यस समय विमान बोस र मोहम्मद सलीम पनि थिए। यसैले तीने विरूद्ध मामिला दर्ता गरिएको छ। यस मामिलामा ब्याङ्कशाल कोर्टका १९औं मेट्रोपोलिटन मजिस्ट्रेटले शनिवार सीपीएमका तीन नेताहरू विरूद्ध समन जारी गरेको छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *