मंगलबाड़ी बस्तीमा जंगली हाथीको हमलामा पाँचवटा घर क्षतिग्रस्त

Screenshot_20230429_220643_Facebook.jpg

जलपाइगढ़ी: मंगलबाड़ी बस्तीमा हाथीहरूको हमलाले पाँच घर क्षतिग्रस्त भएको छ। हाथीको हमलामा कसैको ज्यानहानि भने भएन। अबेर राति हाथीहरू पानझोरा जंगलबाट निक्लिएर मंगलबाड़ी बस्ती प्रवेश गरे। त्यसपछि खानाको खोजमा शान्ति कर्मकार, पानीलाल उराव, अनिल महाली, मार्टिन टोप्पो र गोजेन रायको घरभित्र पसे। हाथीहरूले पाँचैजनाको घरलाई पूर्णरूपमा क्षतिग्रस्त बनाइदिएको छ। घरका परिवारहरू भने भागेर आफ्नो ज्यान जोगाउन सफल बने। केही समय गाउँमा ताण्डव मचाएपछि हाथीहरू जंगलतिर लागे। घटनापछि स्थानीय मानिसहरूले वन कर्मीहरूलाई राति पेट्रोलिङको माग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement