कालियागंज घटनाको सीबीआई जाँचको माग गरे अधीर रंजन चौधरीले

IMG-20230429-WA0213.jpg

जलपाइगढ़ी: प्रदेश कांग्रेस अध्यक्ष अधीर रंजन चौधरीले कालियागंज घटनाको सीबीआई जाँचको माग गरेका छन्। अधीर रंजन चौधरी शनिवार दिल्लीबाट बाघडुग्रा हवाई अड्डा उत्रिए र कालियागंज प्रस्थान भए। कालियागंज जानअघि उनले हवाई अड्डामा पत्रकारहरूसँग कुराकानी गर्दै कालियागंजको घटना निन्दनीय रहेको बताए। उनले भने, उक्त घटनाले पश्चिम बंगालमा कानून व्यवस्था लथालिङ्गै छ भन्ने स्पष्ट हुन्छ। बंगालका जिल्लाहरूमा नाबालिगहरूमाथि अत्याचार र हत्याका घटनाहरू बढ्न थालेका छन्। अर्कोतिर, पुलिसको कारबाहीलाई पनि शब्दका भन्न सकिँदैन। उनले यस घटनाको सम्बन्धमा सीबीआई जाँच हुनुपर्छ भन्ने माग गरे। अर्कोतिर, नियुक्ति भ्रष्टाचारको मामिलामा कलकत्ता उच्च न्यायालयका न्यायमूर्ति अभिजीत गांगुलीलाई हटाइएको विषयमा पनि उनले टप्पणी गरे। उनले भने, पश्चिम बंगालका शासक न्यायमूर्ति गांगुलीलाई नियन्त्रित गर्न चाहन्छन्। किनकि, न्यायमूर्तिले जुन निर्णय सुनाइरहेका थिए, त्यसले पश्चिम बंगालमा भ्रष्टाचारको तथ्य प्रकाशमा आइरहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *