सी-१३० जे जस्ता भारी विमानलाई अँध्यारोमा पनि सानो हवाईपट्टीमा अवतरण गराइयो
– अपरेशन कावेरीबीच भएको वायु सेनाको यो साहसी कार्य इतिहासमा दर्ता भयो
नयाँ दिल्लीः हिंसाग्रस्त सूडानमा फसेका भारतीयहरूको सुरक्षित स्वदेश फिर्तीको लागि शुरू गरिएको अपरेशन कावेरीबीच वायु सेनाले एउटा यस्तो काम गरेर देखाएको छ जुन इतिहासमा दर्ता भएको छ। भारतीय वायु सेनाले सी-१३०जे जस्ता भारी विमानलाई सूडानको वाडी सैय्यदनामा अवस्थित सानो हवाईपट्टीमा रातको अँध्यारोमा अवतरण गराएर यस ‘नाइट अपरेशन’-लाई परिणाम दिएको छ। २७/२८ अप्रेलमाझको राती १२१ मानिसहरूलाई बचाइयो जोसित पोर्ट सूडानसम्म पुग्नको लागि कुनै साधनै थिएन।
हिंसाग्रस्त सूडानबाट भारतीयहरूलाई निकाल्नको लागि शुरू गरिएको अभियानमा भारतीय वायु सेना र नौसेनालाई खटाइएको छ। शुक्रवार बिहानसम्ममा अपरेशन कावेरी अन्तर्गत २,१०० भारतीयहरूलाई जेद्दा पुऱ्याइएको थियो। पोर्ट सूडानमा तैनाथ नौसेनाको जहाज आईएनएस सुमेधा आज बिहान ३०० यात्रीहरूलाई लिएर संकटग्रस्त देशबाट जेद्दा तर्फ प्रस्थान भएको छ। यो आईएनएस सुमेधाको १३औं जत्था हो। यसरी नै भारतीय वायु सेनाको विमान सी-१३०जे- ले १३५ यात्रीहरूको १०औं र ११औं जत्थालाई राजधानीमा जारी हिंसाबीच संघर्ष विराम बढ़ाउनेमाथि सहमति कायम भएपछि पोर्ट सूडानदेखि जेद्दासम्म ल्याइपुऱ्याएको छ।
यसै अन्तरालमा वायु सेनालाई राजधानी खार्तूमदेखि लगभग ४० कि.मी. उत्तरमा अवस्थित वाडी सैय्यदनामा १२१ सूडानी नागरिकहरू फसेको जानकारी प्राप्त भयो जोसित पास पोर्ट सूडानसम्म पुग्नको लागि कुनै साधन थिए। यिनीहरूमा एक गर्भवती महिला सहित केही बिमारी मानिसहरू पनि सामेल थिए। यिनीहरू फसेको ठाउँमा हवाईपट्टी तल्लो सतहमा थियो अर्कोतिर घना अँध्यारो भएको कारणले विमानलाई अवतरण गराउनु अत्यन्तै कठिन थियो। रातको समयमा कुनै पनि विमानलाई अवतरण गराउनको लागि प्रकाश हुन आवश्यक हुन्छ। तर प्रतिकूल परिस्थितिमा पनि अपरेशन कावेरीमा तैनाथ भारतीय वायु सेनाका अधिकारीहरूले सूडानी नागरिकहरूलाई बचाउने फसेला लिए। वायुसेनाका विंग कमाण्डर आशीष मोघेले उकत साहसी अपरेशनको बारेमा बताए, हवाईपट्टीमा अवतरण भएपछि पनि विमानको इञ्जनलाई चालू राखियो। त्यसपछि आठ गरूड़ कमाण्डोले १२१ यात्री सहित उनीहरूको सामानलाई विमानमा सुरक्षित राखेर उनीहरूको ज्यान बचाए। अवतरणसितै ‘नाइट भिजन गगल्स’ प्रयोग गरेर अनलिमिटेड रनवेबाट टेक अफ् पनि गरियो। वादी सैय्यदना र जेद्दाबीच ‘अपरेशन कावेरी’ भन्दा भिन्नै लगभग अढ़ाई घण्टाको यो अपरेशन भारतीय वायु सेनाको इतिहासमा सुनौलो अक्षरले लेखिनेछ।