रंगमुक सिडर्स चियाबारी विषय सिलगढीमा बसेको सभामा मालिक पक्ष अनुपस्थित

Untitled-1-copy-209

सिलगढीः मालिक पक्षद्वारा बन्द डाकिएको रंगमुक सिडर्स चियाबारीको सन्दर्भमा सिलगढीको श्रमिक भवनमा श्रम विभागद्वारा डाकिएको सरकार, मालिक र श्रमिक संगठनमाझको त्रिपक्षीय सभामा बगानका मालिक पक्ष उपस्थिति नरहेको हाम्रो पार्टीको श्रमिक संगठनले जानकारी गराएको छ। यद्यपि सरकार पक्ष अनि श्रमिक संगठनमाझ भने कडा बहस चलेको थियो। स्मरण रहोस्, रेजिस्टर्ड ट्रेड युनियनदेखि बाहिर बसेर श्रमिकहरुद्वारा स्वतः आफ्नो बगानबाट पाउनु पर्ने रहल वेतन अर्थात खर्चको माग राख्दै जुन धरना कार्यक्रम गरेको थियो, त्यसैलाई आधार बनाएर मालिक पक्षले सम्बन्धित ट्रेड युनियनहरुसंग सम्पर्क गर्दै नगरी सोझै चियाबारी लकडाउनको घोषणा गरेको हाम्रो पार्टीको श्रमिक संगठनको केन्द्रिय सह सचिव बबिन सुब्बाले प्रेस विज्ञप्तिमा बताएका छन्।

यसको अतिरिक्त विगतमा भएको त्रिपक्षीय सभाको सम्झौतालाई पनि घरी-घरी मालिक पक्षद्वारा उल्लंघन गरेको आरोप लगाइएको छ। अब विगतको सम्झौता मुताबिक मालिक पक्षले श्रमिकहरुको पुरानो रहल राशि कहिले दिने हो त ? जसमा सरकार पक्षले पनि आफ्नो सहमति राखेर सम्झौता गराएको थियो भनी युनियन पक्षबाट सरकारलाई प्रश्न राखेको पनि जानकारी गराइएको छ। उक्त बन्द रंगमुक सिडर्स चियाबारीमा यथाशीघ्र सरकार पक्षको हस्ताक्षेप हुनुपर्ने युनियनहरूद्वारा आजको सभामा माग राखिएको छ। आगामी केही दिनभित्र नै मालिक पक्षलाई बोलाएर कुनै चुडान्त निर्णय लिने श्रम विभागले युनियनहरूलाई आश्वासन दिएको जानकारी गराइएको छ। हाम्रो पार्टी श्रमिक सङ्गठनको पक्षबाट यस सभामा संघ अध्यक्ष डीके गुरुङ, सह सचिव बबिन सुब्बा, केन्द्रिय समिति मूल सल्लाहकार राजु सुब्बाको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement