डा. दुर्गा प्रसाद प्रधान राष्ट्रिय पुरस्कारले सम्मानित

Untitled-1-copy-208

गान्तोकः विश्व पशु चिकित्सा दिवसको अवसरमा सिक्किमका डा. दुर्गा प्रसाद प्रधान राष्ट्रिय पुरस्कारले सम्मानित बनेका छन्। राजधानी दिल्लीको विज्ञान भवनमा आज आयोजित एक समारोहमा डा. प्रधानलाई उक्त पुरस्कारले सम्मानित गरिएको हो।

डा. प्रधान सिक्किम सरकारको पोल्ट्री, पशु पालन एवं पशु चिकित्सा सेवा विभागमा अतिरिक्त निदेशकको रूपमा कार्यरत छन्। दिल्लीमा आयोजित उक्त कार्यक्रममा केन्द्रिय मत्स्य, पशुपालन एवं डेरी मन्त्री पुरुषोत्तम रूपालाको बाहुलीद्वारा डा. प्रधानलाई सम्मानित गरियो।

About Author

Advertisement