आईपीएल २०२३:केकेआर विरुद्ध ७ विकेटले जीतको साथ गुजरात टाइटन्स शीर्षमा

IMG-20230429-WA0275.jpg

२९ अप्रेलः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को ३९औं म्याचमा गत सीजनको च्याम्पियन गुजरात टाइटन्सले कलकत्ता नाइट राइडर्स (केकेआर)-लाई ७ विकेटले पराजित गऱ्यो। यस जीतको साथै टाइटन्स ८ वटा म्याचमा १२ पोइण्टको साथ आईपीएल टेबलको शीर्ष स्थानमा पुग्यो। यसरी नै प्लेअफ्-को रेसबाट बाहिर हुने संघारमा पुग्ने केकेआर अहिले ९ वटा म्याचमा ६ पोइण्ट लिएर सातौं स्थानमा रहेको छ। कलकत्ताको ईडन गार्डन्समा शनिवार खेलिएको म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै केकेआर-ले २० ओभरमा ७ विकेट गुमाएर १७९ रन बनायो। ओपनर रहमानुल्लाह गुरबाजले ७ वटा छक्का र ५ वटा चौकाको साथ सर्वाधिक ८१ रन बनाए। यसबाहेक आन्द्रे रसेलले ३ वटा छक्का र २ वटा चौकाको साथ १९ बलमा ३४ रन बनाए। अरू कसैले पनि उल्लेखनीय योगदान दिन सकेनन्। गुजरात टाइटन्सका बलरहरूमा मोहम्मद शमीले सर्वाधिक ३ विकेट हासिल गरे। यसबाहेक जोश लिटिल र नूर अहमदले २-२ विकेट लिए। जवाफमा गुजरात टाइटन्सले १७.५ ओभरमै ३ विकेट गुमाएर १८० रनको लक्ष्यलाई हासिल गऱ्यो। विजय शंकरले ५ वटा छक्का र २ वटा चौकाको साथ २४ बलमा अविजित ५१ रन बनाए। यसरी शुभमन गिलले ८ वटा चौकाको साथ ३५ बलमा ४९ रन बनाए। विजयले डेविड मिलर (१८ बलमा अविजित ३२ रन)-सँग चौथो विकेेटको निम्ति ६.३ ओभरमा ८७ रनको अटूट साझेदारी गरी हार्दिक पाण्ड्याको कप्तानीमा रहने टीमलाई जीत दिलाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement