१४.१ ग्राम संदिग्ध ब्राउन शुगरसहित दुई पक्राउ

ddf040e1-d63b-461c-9451-95dc181c2095

गान्तोकः सिङताम पुलिसले संदिग्ध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्तिहरूलाई सिरवानी बस्ती निवासी प्रणय राई र जित बहादुर कामीको रूपमा चिन्हित गरेको छ। पुलिस रिपोर्ट अनुसार, सिङताम पुलिसलाई विश्वासनीय सूत्रले आरोपित प्रणय राईले सिरवानीमा ड्रग्सको धन्दा गर्दै आइरहेको सूचित गरेको थियो। पुलिसले प्रणय राईको कोठामा छापा मार्ने क्रममा जित बहादुर राई र प्रणय मिलेर ब्राउन सुगर प्याकिङ गरिरहेको अवस्थामा फेला परेपछि पक्राउ गरेको हो।

पुलिसले छापा मार्ने क्रममा १४.१ ग्राम संदिग्ध ब्राउन सुगर फेला पारेको छ। पुलिसले आरोपितहरू विरूद्ध एनडीपीएस एक्ट १९८५ अन्तर्गत मुद्दा दर्ता गर्दै केराकार गरिरहेको छ।

About Author

Advertisement