एसडीएफ पार्टीका प्रवक्ताहरूले आरोप लगाउनु भन्दा अध्ययन गर्नुपर्छः एसकेएम

Screenshot_20230429_193910_Chrome.jpg

गान्तोकः एसडीएफ पार्टीका प्रवक्ताहरूले पत्रकार सम्मेलन गरेर एसकेएम सरकारमाथि लगाएका आरोपहरूको एसकेएम पार्टीले घोर विरोध र निन्दा गरेको छ। अहिले सरकारमा एसकेएम पार्टी भएकोले बजेट कहिले गर्नु, कहिले नगर्नु भन्ने निर्णय सरकारले गर्छ, पत्रकार सम्मेलनमै अल्झिएको एसडीएफ पार्टीका प्रवक्ताहरूले त्यसबारे सरकारलाई सुझाउ दिनु आवश्यक नरहेको एसकेएम पार्टीले बताएको छ। २५ वर्षसम्म घाटाको बजेट प्रस्तुत गरेर सिक्किमलाई पूर्ण रूपमा ऋणमा डूबाएको कुरा यी प्रवक्ताहरूले बुझ्नु पर्ने आग्रह गरेको छ। यसका साथै एसडीएफ पार्टीका प्रवक्ताहरूले आफ्नो नेताले गरेको बजेट सम्बन्धी कालो कर्तुतहरु एकपल्ट हेर्नु पर्ने सुझाउ पनि दिएको छ। पवन चामलिङले गरेका कर्तुतहरूको लेखाजोखा सीएजी रिपोर्टमा उल्लेख गरे अनुसार २५ वर्षमा हरेक बजेटमा पेश गरिएको यो सीएजी रिपोर्टलाई अध्ययन गर्नुपर्ने पार्टीले एसडीएफका प्रवक्ताहरूलाई थप सुझाउ दिएको छ।

अर्कोतिर सिक्किममा अहिले अपराध बढ़ेको आरोप लगाउँदा एसडीएफ सरकारकालमा भएका विभिन्न अपराधका कुराहरू लुक्न नसक्ने एसकेएमले बताएको छ। एसडीएफको शासनकालनमा दर्जनौं राजनैतिक हत्या, राजनैतिक हमला र आक्रमण, हजारौं ड्रग्सका मुद्दाहरू दर्ता गरिएको कुरा प्रवक्ताहरूले बुझ्नु पर्ने एसकेएमले प्रेस विज्ञप्तिमा बताएको छ। एसडीएफ सरकारकालमा भएका विभिन्न आपराधिक घटना, सिद्धी, टिना, भरोसाबाट भएको घोटाला, अनगन्ती यौन शोषणका मामिलाहरू, चन्दन तस्करी, ब्याङ्क तोड़फोड़, स्कूल युनिफर्म र जुत्ता गोदाममा भएको आगलागी, ईभीएम भएको आगजनी जस्ता जघन्य घटनाहरूको त्यतिबेला कुनै प्रकारको जाँच गर्न नसकेको कुराहरू प्रवक्ताहरूले बुझ्नु पर्ने एसकेएमले थप सुझाउ दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement