गान्तोकः सोरेङ जिल्ला अन्तर्गत च्याखुङ महाविद्यालयको वार्षिक उत्सव कार्यक्रमको आज समापन भयो। समापन कार्यक्रममा जिल्ला पञ्चायत किरण गुरूङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। यस कार्यक्रमको थिम ‘वसुधैव कुटुम्बकम’ रहेको थियो।
समारोहलाई सम्बोधन गर्दै मुख्य अतिथि गुरुङले यस प्रकारको कार्यक्रम आयोजना गर्नाले विद्यार्थीहरु माझ भावनात्मक एकता आउनका साथै प्राध्यापकहरुसँग विद्यार्थीले धेरै विषयमा व्यवहारिक रूपमा अनुभव र ज्ञान साझा गर्न अवसर प्राप्त गर्ने बताए। यसरी ज्ञानमुलक कार्यक्रम आयोजना गरेकोमा महाविद्यालयका प्राचार्य डा. सुधन प्रधान, समस्त प्राध्यापकगण साथै समारोह आयोजक समितिका सदस्यहरूप्रति बधाई दिए। उनले भविष्यमा पनि यस प्रकारको कार्यक्रमलाई आफ्नो तर्फबाट हरसम्भव साथ र सहयोग दिने आश्वासन दिए। कार्यक्रममा च्याखुङ वरिपरिका विद्यालयहरुका शिक्षकगण एवं विद्यार्थीवर्गले पनि सहभागिता जनाएका थिए।