आर्य समिति क्लबको ७५औँ वार्षिकोत्सवको अवसरमा तीन दिने सिलगढी क्विज महोत्सव सुरु

0e64dd13-6450-459b-bd31-1840c47a5096

सिलगढी: सिलगढीको देशबन्धुपाडा स्थित आर्य समिति क्लबको ७५औँ वार्षिकोत्सवको अवसरमा तीन दिने सिलगढी क्विज फेस्टिवल आजदेखि सुरु भएको छ। सिलगढी क्विज क्लबको सहकार्यमा यस अन्तर विद्यालय क्विजमा अंग्रेजी र बंगाली माध्यमका कुल ७० विद्यालयहरूबीच प्रतिस्पर्धा सुरु भएको छ। विभिन्न विधाका १२ वटा प्रश्नहरू सम्मिलित यस क्विज प्रतियोगिताको उद्घाटन उपमेयर रञ्जन सरकारले गरेका थिए ।कार्यक्रममा ४ नम्बर बोरो अध्यक्ष जयन्त साह, वडा नम्बर ३० का पूर्व पार्षद स्वपन दास, वडा नम्बर २७ का पार्षद प्रशान्त चक्रवर्तीको उपस्थिति थियो। दीप प्रज्वलन गरी क्विज प्रतियोगिताको घोषणा गरेपछि आर्य समितिका सचिव राणा दे सरकारले क्विजमा सहभागी सबै विद्यार्थीहरूलाई क्विज मास्टरको निर्णय नै अन्तिम मानिने बताए। उनले आर्य समिति सहरको पुरानो क्लब भएकोले यसको संरक्षण गर्ने दायित्व नगरवासीको रहेको बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *