तृणमूल नेताको घरमा बम विष्फोट, भाजपा-माथि आरोप

22962d4a-65da-42d7-9503-e971e6ac641e

कुचबिहारः पञ्चायत चुनाव नजिकिएसँगै कुचबिहारमा बम विस्फोटको सिलसिला सुरु भएको छ। बिहीबार रातिको अन्धकारमा उक्त क्षेत्रका तृणमूल नेताको घरमा बम विष्फोट भएको छ । घटना माथाभाङ्गा १ ब्लक अन्तर्गत पचगर ग्राम पञ्चायतको बाइसगडी क्षेत्रमा भएको हो। श्रोतका अनुसार,दिउँसो करीब १२.३० बजेतिर क्षेत्रीय तृणमूल मजदूर संगठनका उपाध्यक्ष रमण प्रामाणिकको घरमा केही बदमाशहरूले बम प्रहार गरे । बम विष्फोटबाट घरको टिनको बार र टिनको गेट भत्किएको छ।यद्यपि, कुनै हताहतीको खबर छैन।
यो घटनाले परिवारका सदस्यहरू भयभित छन् । घटनाको खबर पाएलगत्तै माथाभाङ्गा पुलिसले राति नै घटनास्थलमा पुगेर छरिएका बमका टुक्राहरू बरामद गऱ्यो। तृणमूल नेता तथा पचागर क्षेत्रको तृणमूल कार्यकर्ता संगठनका उपाध्यक्ष रमण प्रामानिकले भने -म नजिकैको ग्यारेजमा थिएँ। मैले ठूलो आवाज सुनें। लगत्तै घरबाट फोन आयो र घर हत्तपत्त आएँ। मलाई थाहा भयो की मेरो घरमा मलाई मार्ने प्रयासमा बम फ्याँकिएको रहेछ।
पचागर क्षेत्र तृणमूल कांग्रेसका अध्यक्ष सञ्जय विश्वास र तृणमूलका अन्य नेताहरू रमण प्रामानिकको घर पुगेका थिए। तर, बीजेपीका माथाभांगा नम्बर ४ मण्डलका अध्यक्ष शेखर रायले भाजपामाथि लगाइएको आरोपलाई अस्वीकार गरेका छन् । उनले पचागर ग्राम पञ्चायतमा तृणमूलमा तीन गुट रहेको दाबी गरेका छन्।रायको दाबी छ की आपसी शत्रुताका कारण यो घटना भएको हो, उनीहरू आफैं भाजपाको नाममा झुटा आरोप लगाइरहेका छन् । उनले भाजपाले बम र बन्दुकको राजनीति नगर्ने दाबी पनि गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *