खरसाङ: खरसाङ क्षेत्रमा गोरामुमोबाट मुस्लिम माईनोरिटीका फरिद अली भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। फरिद अली गोरामुमो भिलेज चिफ् रहेको र आजदेखि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। फरिद अलिलाई भागोप्रमोमा स्वागत जनाउनलाई आज भागोप्रमो खरसाङ महकुमाको पार्टी कार्यालयमा एक स्वागत कार्यक्रम राखिएको थियो। उक्त स्वागत कार्यक्रममा फरिद अलिलाई भागोप्रमोमा आधिकारिक रूपमा स्वागत गरिएको छ। यस भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधान, महकुमा सचिव प्रणाम रसाइली, नारी शक्तिको केन्द्रीय सदस्या एवं माइनोरिटी सेलका जैतुन निशा खातुन लगायत अन्यले खदार्पणसहित पार्टीको झण्डा प्रदान गरेर भागोप्रमोमा स्वागत जनाएका छन्। यस अवसरमा बोल्दै भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानले विस्तृत जानकारी गराएका छन्। त्यसरी नै भागोप्रमोमा सामेल भएको विषयमा बोल्दै फरिद अलीले पहाड़मा अनित थापाको अगुवाईमा शान्ति रहेको र विकासको कार्यहरू भईरहेको साथै राम्रो वातावरण बनेर गएको बताए। उनले आफु पनि अनित थापाको विकासका कार्यहरू देखेर पहाडको विकास र समाजको लागि केही गर्न सकिन्छ भनेर भागोप्रमोमा सामेल भएको बताएका छन्।