अलिपुरद्वार जिल्लाले आजदेखि जिल्ला अदालतको मर्यादा पायो

2a679389-a9d8-4c26-b983-eb6771d64754

कालचिनीः जलपाइगढी जिल्लाबाट अलग भएर नयाँ जिल्ला भएको अलिपुरद्वार जिल्लाले ९ बर्षको अन्तरालमा आजदेखि पूर्णाङ्क जिल्ला सत्रह न्यायाधीश अदालतको (District and session judges Court) मर्यादा पाएको छ। विगत २०१४ सालको २५ जुनको दिन अलिपुरद्वार जिल्ला स्थापना भएको थियो भने जिल्ला भएको ९ बर्षको अन्तरालमा शनिबार कलकत्ता हाईकोर्टका चीफ जस्टिस टीएस शिवाङ्गनमको बाहुलीबाट नवगठित अलिपुरद्वार जिल्ला सत्रह अदालतको उद्घाटन रिबन काटेर गरियो। यस अवसरमा चीफ जस्टिस लगायत कलकत्ता हाईकोर्टका न्यायधीस रवि कृषण कपुर, पश्चिम बंगाल सरकारको श्रम, कानुन अनि न्यायपालिका मन्त्री मलय घटक एवम् जलपाईगढ़ी जिल्ला अदालतका सत्रह न्यायाधीश शभ्रादीप मित्र, सिलगढ़ी नगरनिगमका मेयर गौतम देव लगायत अन्यान्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। अलिपुरद्वार जिल्ला अदालतको परिसरमा नै उक्त नवनिर्मित जिल्ला सत्रह अदालत भवनको उद्घाटन भएको छ भने यस अवसरमा उपस्थित श्रम औ कानुन मन्त्री मलय घटकले अलिपुरद्वार जिल्लाको निम्ति आज खुसीको दिन भएको र विस्तारै सरकारद्वारा आवन्टित रकमबाट जिल्ला अदालतको सम्पूर्ण भवनको पूर्वाधार तयार हुने जनाएका छन्।
जिल्ला सत्रह अदालतको जम्मै सुनवाईको निम्ति जलपाइगढी जिल्ला अदालतमा जानको सट्टा अबदेखि अलिपुरद्वारमा नै सुनवाई हुने र जलपाइगढीका सत्रह न्यायाधीश अपरान्ह समयदेखि यस अदालतमा उपस्थित रहने बताईएको छ। मन्त्री मलय घटकले यस अघि नै कालेबुङ, झारग्राम र आसनसोलमा जिल्ला सत्रह अदालत शुरु भइसकेको र अलिपुरद्वारमा केही यान्त्रिक असुविधाले समय लागेको तर आजदेखि भने जिल्ला अदालतको शुभोद्घाटन चीफ जस्टिसको करकमलबाट भएको बताए।
सो अवसरमा उपस्थित रहेको पूर्वमन्त्री तथा वर्तमान सिलगढ़ी नगरनिगमका मेयर गौतम देवले अलिपुरद्वार जिल्लावासीको निम्ति आजदेखि जिल्ला अदालतको शुभोद्घाटन भएको र यसले जिल्लावासीलाई अब जलपाइगढी धाउन नपर्ने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement