रूपहीहाटमा नकली नोट सहित एक पक्राउ

Screenshot_20230429_165141_Chrome.jpg

नगाउँ: नगाउँ जिल्लाको रूपहीहाट पुलिसले धेरै मात्रामा भारतीय नकली नोट सहित एक युवकलाई पक्राउ गरेको छ।पुलिसले शनिवार जानकारी गराएको छ, रूपहीहाट पुलिसले छापामारी गरी २९ लाख २१ हजारको नकली नोटको साथ एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेको आरोपितको पहिचान रूपहीहाट निवासी रबिकुल इस्लाम (२८) को रूपमा गरिएको छ। रूपहीहाटको काली स्थानमा छापामारी गरी आरोपरितदेखि नकली नोट उद्धार गरियो पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी पक्रा परेको आरोपितबाट अझ जानकारी जुटाउनका लागि सोधपुछ गरिरहेछ।

About Author

Advertisement