लङ लीव सुप्रीम कोर्ट: जस्टिस अभिजीत गांगुली

jUSTICE-Abhijit-Gangulyh-1.webp

कोलकाताः कलकत्ता हाईकोर्टका जस्टिस अभिजीत गांगुलीले आफूबारे सुप्रीम कोर्टको फसेलामा महत्वपूर्ण टिप्पणी गरेका छन्। उनले भने, लङ लीव सुप्रीम कोर्ट। मीडियासित कुराकानीमा उनले पछुतो गर्दै भने, अब शायद नौकरी चाहने उम्मेदवारहरूले जीवनभरि पर्खनु पर्नेछ। जस्टिस गांगुलीले शुक्रवार भनेका थिए, जबसम्म सुप्रीम कोर्टको फसेला हातमा आउँदैन तबसम्म उनी मध्यरातसम्म कोर्टमा बस्नसक्छन्। राति लगभग ९.४५ बजी फसेलाको प्रति जस्टिस गांगुलीको हातमा आयो। यसपछि उनी घर गए। यहाँ पर्खिरहेका मीडियाकर्मीहरूसित उनले कुरा गरे। जस्टिस गांगुलीले भने, हामी न्यायिक अनुशासनले बाँधिएका छौं। हामीले सर्वोच्च न्यायालयको आदेशहरूको पालन गर्नु पर्नेछ, जसले नियुक्तिहरू पाएका छैनन्, उनी केही दुःखी हुनसक्छन् तर केही गर्न मिल्दैन। उनले स्पष्ट गर्दै यी मामिलाहरूमा उनको कुनै व्यक्तिगत हित थिएन न त कुनै राजनीतिक दबाउ थियो भनी बताए। उनले भने, यदि उनलाई यी मामिलाहरू फेरि सुम्पियो भने म त्यसरी नै सुनवाई गर्नेछु, जसरी पहिले गरेको थिए। गत छ महिनामा मैले जे गरेको छु, त्यसलाई पूरा हुनमा ६० वर्ष लाग्नेछ भन्नका लागि केही पनि छैन। नौकरी चाहनेहरूका लागि नायक भनिएकोमा उनले टिप्पणी गरे, आज नायकको मृत्यु भएको छ यद्यपि उनले स्पष्ट गरे, म जिम्मेवारीहरूदेखि भाग्नेहरूमा होइन र आगामी सातादेखि काम जारी राख्नेछु। सुप्रीम कोर्टका रजिस्ट्रार जनरललाई उनले मुख्य न्यायाधीश डीवाई चन्द्रचूड़ र न्यायमूर्ति पीएस नरसिम्हाको पीठ समक्ष राखिएको मूल रिपोर्ट मध्य रातसम्म दिने निर्देश दिएका थिए। जस्टिस गांगुलीले शुक्रवार दिउँसो भनेका थिए, म मध्यरातसम्म आफ्नो कक्षमा रहनेछु। म सुप्रीम कोर्ट सामू पेश गरिएका दस्तावेजहरूलाई हेर्न चाहन्छु।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *