मुम्बई एयरपोर्टमा नौ विदेशी महिलाहरू १८ किलोग्राम सुनसहित पक्राउ

IMG-20230410-WA0166.jpg

मुम्बई: सीमा शुल्क विभाग (डीआरआई) ले मुम्बई एयरपोर्टमा १८ किलोग्राम सुन फेला पारेको छ भने नौ विदेशी महिलाहरूलाई पक्राउ पनि गरिएको छ। पक्राउ गरिएको सुनको मूल्य अन्तरराष्ट्रीय बाजारमा १० करोड़ रुपियाँ हुनसक्ने अनुमान लगाइएको छ। डीआरआईलाई केनिया एयरवेजको विमानबाट सुन सहित यी महिलाहरू आइरहेको जानकारी प्राप्त भएको थियो। यिनीहरू मुम्बई एयरपोर्टमा पुग्नसाथ यिनीहरूको समानको जाँच गरियो। जाँचमा १८ किलोग्राम सुन फेला परेको छ। यी महिलाहरूको पहिचान अर्को नूर, शुक्री फराह, केरो जामा, हबीबा उमर, एबला अब्दुलाही अनाव मुहम्मद अनीसा मुबारक इसनीना यूसुफ, जैनब महमूदको रूपमा भएको छ सबै आरोपीहरूले कपड़ाको व्यापार गर्दछन्। यिनीहरूको उमेर २६ देखि ४७ वर्षभित्र छ। उल्लेखनीय छ गए हप्ता पनि मुम्बई एयरपोर्टमा डीआरआईले १० करोड़ रुपियाँको सुन सहित १८ जना विदेशी महिलाहरूलाई पक्राउ गरेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *