कोर्टमा पेश गरियो कुन्तल घोषलाई

kolkata-trinamool-congress-leader-kuntal-ghosh-being-produced-before-a-court-af-.jpg

कोलकाता: राज्यको शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा परेका तृणमूल युवाका निष्कासित नेता कुन्तल घोषलाई शनिवार कोर्टमा पेश गरियो। उनलाई अलीपुरको विशेष सीबीआई कोर्टमा पेश गरियो। कुन्तल घोष आफ्नो पेशीमा प्राय: मीडिया कर्मीहरूसित कुरा गनी उनीहरूको प्रश्नको जवाफ दिन्छन् तर आज जब उनलाई पेश गरियो तब उनीसित जस्टिस गांगुलीको सम्बन्धमा सोधियो, जसमा उनी मौन रहे अभिषेक व्यानर्जीसित सम्बन्धित जुन मामिलाबाट हाईकोर्टका जस्टिस गांगुलीलाई सुनवाईबाट हटाइनेछ, त्यससित कुन्तलको पनि सीधा सम्बन्ध छ। त्यही मामिलामा न्यायमूर्ति गांगुलीले सीबीआई र ईडीलाई कुन्तल र अभिषेक दुवैलाई मुखामुखी बसाएर सोधपुछ गर्ने आदेश दिएका थिए। उल्लेख्य कुन्तलले आरोप लगाएका थिए, केन्द्रिय एजेन्सीहरूले सोधपुछमा शिक्षक नियुक्ति भ्रष्टाचारमा अभिषेक ब्यानर्जीको नाम लिनका लागि दबाउ बनाईरहेको छ। यद्यपि, अब यस मामिलामा उनले केही पनि भनिरहेका छैनन् र मौन छन्। सीबीआई सूत्रहरू अनुसार, कोर्टमा उनलाई एक पल्ट फेरि हिरासतमा लिने अर्जी लगाइनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *