कोलकाता: कलकत्ता हाई कोर्टका न्यायाधीश अभिजीत गांगुलीको एकल पीठबाट शिक्षक नियुक्तिसित सम्बन्धित सबै मामिलाहरूको सुनवाई हटाइने छैन। शुक्रवार अबेर राति सुप्रिम कोर्टको आदेश कलकत्ता हाईकोर्ट पुगेको छ। यसमा स्पष्ट गरिएको छ, जस्टिस गांगुलीको पीठबाट केवल दुई मामिला हटाइनेछ। दुवै मामिला प्राथमिक शिक्षक नियुक्तिमा भ्रष्टाचारसित सम्बन्धित छ। यस सम्बन्धमा उनले साक्षात्कार दिएका थिए। बाकी २४ मामिलाको सुनवाई उनकै पीठमा भईरहनेछ। सुप्रिम कोर्टले यो पनि स्पष्ट गरेको छ कि उनीबाट दुई मामिला हटाइएपनि यस सम्बन्धमा उनको जेपनि आदेश छ, जस्ताको त्यस्तै रहनेछ। त्यो कलकत्ता हाईकोर्टको एक सूत्रले शनिवार बिहान बताएको छ, न्यायमूर्ति गांगुलीको पीठमा रमेश मलिक नाम गरेको एक व्यक्तिको तर्फबाट दर्ता शिक्षक नियुक्ति भ्रष्टाचार मामिलालाई हटाउने आदेश दिइएको छ। यसैगरी सौमेन नन्दीले पनि प्राथमिक शिक्षकहरूको नियुक्तिमा धांधलीसित सम्बन्धित याचिका लगाएका थिए। यही दुई मामिलालाई हटाइनेछ। बाकी सबै मामिलाहरूको सुनवाई जारी रहनेछ।वस्तुतः गत १३ अप्रेलमा जस्टिस गांगुलीले सीबीआई र ईडीलाई मुख्यमन्त्री ममता ब्यानर्जीका भतिज अभिषेक ब्यानर्जी र यही मामिलामा हालमा पक्राउ गरिएको कुन्तल घोषलाई मुखामुखी बसाएर सोधपुछ गर्ने आदेश दिएका थिए। यही सम्बन्धमा अभिषेक ब्यानर्जीले सुप्रिम कोर्टमा याचिका लगाएका थिए, जसको सुनवाई गर्दै मुख्य न्यायाधीश डीवाई चन्द्रचूहले दुई मामिलालाई उनको पीठबाट हटाउने आदेश दिएका छन्। यद्यपि, सुप्रिम कोर्टमा सुनवाईमा जस्टिस गांगुलीलाई केन्द्रको समर्थन हासिल भयो सर्वोच्च न्यायालयमा सोलिसिटर जनरल तुषार मेहताले भनेका थिए, न्यायाधीश गांगुलीलाई हरेक प्रकारले सताइएको छ। उनको न्यायालयमा ताला लगाइएको थियो। बाहिर विरोध प्रदर्शन गरिएको थियो। कसैलाई भित्र जान दिइएको छैन। उनी विरूद्ध आपत्तिजनक पोस्टर लगाइयो। जो आरोपित छन्, उनीहरूले खुल्ला जनसभामा जस्टिस गांगुली विरूद्ध टिप्पणी गरिरहेका छन्। सुप्रिम कोर्टको यस प्रकारको फसेला उनको मनोबललाई आघात पुऱ्याउनेछ। यद्यपि, मुख्य न्यायाधीशले हामी उनको कुनैपनि आदेशलाई रोकिरहेका छैनौं, केवल दुई मामिला हटाइनेछ भने।











