प्रदेश कङ्ग्रेस अध्यक्ष अधीर रञ्जन चौधरी कालियागञ्ज प्रस्थान

IMG-20230429-WA0213.jpg

सिलगढी: कङ्ग्रेस प्रदेश अध्यक्ष अधीर रञ्जन चौधरी आज कालियागञ्ज गएका छन्। तिनी आज दिल्लीबाट विमान मार्फत् बाघडुग्रा विमानअड्डामा ओर्लिएपछि त्यहाँबाट सोझै कालियागञ्जतर्फ प्रस्थान गरे। कालियागञ्ज प्रस्थान गर्न अघि पत्रकारहरूलाई सम्बोधन गर्दै तिनले विविध मुद्दाहरूमाथि टिप्पणी कसे। तिनले बङ्गालमा कानुन व्यवस्था ठिक नरहेको बताए। कालियागञ्जमा नाबालिकासित दुष्कर्म गरेपछि तिनको हत्या गरिदिएको छ। यसपछि पुलिसले जुन प्रकारको व्यवहार गर्यो त्यसलाई व्यक्त गर्न कुनै शब्द छैन। यो घटनाको सीबीआई जाँच गरिनुपर्ने तिनले माग गरे।

नियुक्तिमा भ्रष्टाचारको मामिलाबाट कोलकता उच्च न्यायालयको न्यायमूर्ति अभिजीत गाङ्गुली हटाएको विषयमा पनि तिनले राज्यको सत्तारूढ पार्टीमाथि कटाक्ष कसे। पश्चिम बंगालको सत्तारुढ दलले न्यायमूर्ति गाङ्गुलीलाई नियन्त्रण गर्न चाहन्थ्यो। किनभने जजले सुनाएको फसेलाले पश्चिम बंगालमा भ्रष्टाचारको तथ्य अघि आइरहेको थियो।

About Author

Advertisement