नयाँ दिल्लीः केन्द्रिय युवा कार्यक्रम एवं खेलमन्त्री अनुराग सिंह ठाकुरले भने, भारतको अध्यक्षतामा जी-२० ले नयाँ उपलब्धिहरू हासिल गरेको छ। विचार-विमर्श सफलतापूर्वक संचालन भइरहेको छ। भारतका समृद्ध कला, संस्कृति औ धरोहरले दुनियाँभरिका प्रतिनिधिहरूमाथि अमेट छाप छोड़ेका छन्। उनले लेहमा आयोजित दुई दिवसीय वाई-२० प्री-समित पश्चात प्रेसवार्तालाई सम्बोधन गरिरहेका थिए। ठाकुरले भने, वाई-२० प्री-समिटमा भाग लिने लगभग १०३ प्रतिनिधि लेहका मठ, संगम एवं मनोरम प्राकृतिक दृश्यहरूबाट मन्त्रमुग्ध भएका छन्। उनीहरू फेरि लद्दाख फर्किन चाहन्छन्। कतिपय मानिसहरूले यस आयोजनलाई लिएर भ्रम सृजना गरेको भए पनि वाई-२ प्री-समिट सफलतापूर्वक सम्पन्न भएको छ।
उनले बताए, लेह प्री-समिटको परिणामस्वरूप भाग लिने देश तथा अन्तरराष्ट्रीय संगठनहरूमाझ वाई-२० समिटको पाँचौं विषयमा सहमति कायम भएको छ। कौशलद्वारा पुनः लैस गर्ने (रीस्किलिङ) औ कौशललाई उन्नत बनाउने (अपस्किलिङ) सहित भविष्यका चुनौतीहरूको सम्बन्धमा महत्वपूर्ण सुझाउहरू आएका छन्। केन्द्रिय मन्त्री अनुराग ठाकुरले भने, वाई-२० को थीम युवा जमातलाई सशक्त बनाउने उद्देश्यले होशियारीपूर्वक चयनित गरिएको छ ताकि उनीहरूले जी-२० का विकास मुद्दाहरू एवं समग्र रूपमा वैश्विक समुदायको निर्माण गर्न सकोस्, यसमा सहयोग दिन सकोस् र यसको लागि योगदान दिन सकोस्। ठाकुरले समापन समारोहमा आजादीका अमृत कथाहरूमाथि आधारित दुईवटा लघु भीडियो लञ्च गरे। यस अवसरमा मोदी @ २० पुस्तकको विमोचन पनि गरियो। विमोचन कार्यक्रममा लेह-लद्दाखका लेफ्टिनेन्ट गवर्नर ब्रिगेडियर (डा.) बी.डी. मिश्रा (सेवानिवृत्त) सहित ताशी ग्यालसन, मुख्य कार्यकारी पार्षद औ जामयांग सेरिंग नामग्याल, सांसद, लद्दाख पनि उपस्थित थिए।