सिलगढी: सिलगढीको सूर्यनगर प्रीतिलता रोड निवासी चौधरी परिवारको शीतला पूजाको यो ५०औँ वार्षिकोत्सव हो। यस अवसरमा रङ्गीचङ्गी शोभायात्रा मार्फत शीतला माताको मुर्ति ल्याई पूजा गरिएको थियो। झाँकीमा डाक ढोलसँगै वरपरका महिलाहरू रातो पारि भएको साडीमा सहभागी भएका थिए। आज यो चौधरी परिवारले शीतला माँता पुजाको ५०औँ वार्षिकोत्सव मनाउँदै छ। माताको पूजा आराधनालाई लिएर घरपरिवार र छिमेकीमा बिहानैदेखि उत्साहको वातावरण छ। पूजा सकिएपछि दिउँसो भक्तजनलाई प्रसाद वितरण गरिन्छ।