कोलकताः पश्चिम बंगाल पुलिसको स्पेशल टास्क फोर्स (एसटीएफ) ले अलकायदाको अझ् एक आतङ्कीलाई पक्राउ गरेको छ। उसको नाम नानू मिया बताइएको छ। एसटीएफका पुलिस अधीक्षक इन्द्रजीत बसुले शनिवार बिहान यसबारे जानकारी दिए।
उनले भऩे, आज बिहानको समय उसलाई हावड़ादेखि पक्राउ गरिएको छ। ४० वर्षीय नानू मिया मूलरूपमा कूचबिहार जिल्लाको दिनहटाको बासिन्दा हो। गत साल अगस्त महिनामा थानामा प्राथमिकी दर्ता भएको थियो। त्यही क्रममा उसलाई समाइएको छ। आतङ्की विरूद्ध यूएपीएका धाराहरू अन्तर्गत मामिला दर्ता गरी कानूनी कारबाही शुरू गरिएको छ।
गत मंगलवार पश्चिम बंगाल पुलिसको एसटीएफले हुगली जिल्लाको दादपूरबाट अझ् एक आतङ्की नसीमुद्दीनलाई पक्राउ गरेको थियो। उसलाई पनि शासन थानामा दर्ता प्राथमिकीको क्रममै समाइएको थियो। आतङ्कीसित लगातार सोधपुछ भईरहेको थियो। उसले भनेको थियो, कोरोनाको समय जब पूरा विश्वमा लकडाउन चलिरहेको थियो तब नसीमुद्दीनले आफ्नो नेटवर्कको विस्तार गरेको थियो र धेरैको ब्रेन वश गरी आतङ्की गतिविधिहरूमा सामेल गरेको थियो। त्यहीसित सोधपुछपछि नानू मियाबारे जानकारी पाइएको थियो, जसपछि आज उसलाई पक्राउ गरिएको छ। दुवैलाई मुखामुखी राखेर सोधपुछ हुनेछ।