नियुक्ति भ्रष्टाचारः अब नौकरीबाट बर्खास्त गरिएका मानिसहरूसित पनि सीबीआईले सोधपुछ गर्ने

IMG-20230410-WA0169.jpg

कोलकाताः पश्चिम बंगालको चर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा अब केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई) ले तिनीहरूसित सोधपुछ गर्न गऱईहेछ, जसलाई गैरकानूनी तरीकाले नौकरी हासिल भएको थियो र कोर्टको आदेशमा बर्खास्त गरिएको छ। केन्द्रिय एजेन्सीको सूत्रहरूले शनिवार यसबारे जानकारी दिएको छ। जानकारी अनुसार, कलकत्ता हाईकोर्टको आदेशमा ग्रुप सी- मा नियुक्त भएका धेरैको नौकरी रद्द गरिएको छ।

यसमध्ये १० जनालाई चिन्हित गरी सोधपुछको निम्ति नोटिस पठाइएको छ। शुक्रवार अबेर साझँ नोटिस पठाएर सोमवार हाजिर हुनलाई भनिएको छ। त्यस दिनदेखि लगातार यस्ता मानिसहरूसित सोधपुछ हुनेछ, जसलाई गैरकानूनी तरीकाले नौकरी हासिल भएको थियो। यिनीहरूमा हरेक जिल्लाका मानिस सामेल छन्। यिनीहरूसित सोधपुछ गरी यिनीहरूले गैरकानूनी तरीकाले नौकरी हासिल गर्नका लागि कससित सम्पर्क गरेका थिए अथवा यिनीहरूसित सीधा रूपमा कसले सम्पर्क गरेको थियो वा थिएन, कति रूपियाँ दिनपरेको थियो, कस-कससित भेट गर्नपऱ्यो, के-के प्रक्रिया थियो, जसको पालन गर्नलाई भनिएको थियो, यसबारे पत्तो लगाइनेछ। यी तमाम पहलुहरूबारे सोधपुछ गरी केन्द्रिय एजेन्सीले जानकारी जुटाउनेछ। यसबाट यस भ्रष्टाचारको पूरा गुट र काम गर्ने तरीकाबारे पत्तो लाग्नेछ।

उल्लेख्य, दुई हजारभन्दा धेरै ग्रुप सी कर्मीहरूलाई कलकत्ता हाईकोर्टका जस्टिस अभिजीत गांगुलीको आदेशमा स्कूल सेवा आयोग (एसएससी) ले नौकरीबाट बर्खास्त गरेको छ। यी सबैको उत्तर पुस्तिकासित छेड़छाड़ गरी यिनीहरको नम्बर बढ़ाइएको थियो। यसमध्ये केहीला जीरो त कसैले एक नम्बर पाएका थिए, जसलाई बढ़ाएर ५४ देखि ५६ गरिएको थियो ताकि आरामले मेरिट लिस्टमा सामेल गर्न सकियोस्।

About Author

Advertisement