सिलगढी: आज सिलगढीको ईस्टर्न बाइपास स्थित आशिघर मोड इलाकामा एउटा ट्रकले नियन्त्रण गुमाएर एक स्कुटीलाई ठक्कर दिन पुग्यो। त्यसपछि त्यहाँ भएका सडक छेउका दोकानहरू भत्काएर पर्खालमा ठोक्कन पुग्यो। उक्त सडक दुर्घटनामा एक पैदल यात्री बल्ल-तल्ल जोगिए भने सडक छेउमा बसेका एक माछा बिक्रेताले ट्रक दोकानतर्फ आएको देखेर भागेर ज्यान बचाए। घटनापछि मौका हेरेर ट्रकका चालक फरार भए। ट्रकले पहिले स्कुटीलाई ठक्कर दिएपछि आशिघर मोडस्थित टिभिएस शोरुम नजिक रहेको माछा दोकान भत्काएको प्रत्यक्षदर्शीले बताएका छन्। माछा बिक्रेता दोकानबाट हाम फालेर भाग्न सफल भए। यस घटनाले उक्त क्षेत्रमा केहीबेर हलचल मच्चियो। खबर पाएलगत्तै आशिघर आउट पोस्ट पुलिस घटनास्थल पुगेको थियो। पुलिसले गाडीलाई हटाएर घटनाबारे अनुसन्धान गरिरहेको छ।