२९ अप्रेलः नेटमा कड़ा अभ्यास गर्ने पृथ्वी सावबाट रिकी पण्टिंगलाई चाँड़ै एउटा असल ईनिंग्सको आशा रहेको थियो तर बारम्बार असफल भएपछि दिल्ली क्यापिटल्सका मुख्य प्रशिक्षकले अन्य टीमहरूका ओपनरहरूले उनीभन्दा असल प्रदर्शन गरिरहेको कुरा स्वीकार गरे। आईपीएल २०२३-मा ६ वटा म्याचमा निराशाजनक प्रदर्शनपछि अन्तमा पृथ्वीलाई टीमबाट बाहिर गरियो अनि उनले आउँदो म्याचहरूमा पनि मौका पाउने सम्भावना कम्ती नै रहेको छ। पण्टिंगले सनराइजर्स हैदराबाद विरुद्ध म्याच अघि भने, गत १२ वटा आईपीएल म्याचदेखि (२०२२ पनि मिलाएर) पृथ्वीले एउटा अर्द्धशतक पनि बनाउन सकेका छैनन्। अन्य टीमहरूका शीर्ष क्रममा धेरै ब्याटरहरूले उनीभन्दा राम्रो खेलिरहेका छन्।
पृथ्वी सावको आईपीएल २०२३-मा ६ वटा म्याच खेलेर केवल ४७ रन बनाएका छन्। पण्टिंगले भने, फर्ममा हुँदा पृथ्वी म्याच विनर हुन्। यसैकारण उनलाई टीममा राखिएको हो कारण उनी क्रीजमा अड़िए हामी म्याच जित्न सक्छौं। यस सीजनमा चाहिँ उनले आशानुरुप प्रदर्शन गर्न सकेनन्। उनले ६ वटा म्याचमा ४० को छेउछाउ रन बनाएका छन् अनि हामीलाई यस्तो प्रदर्शनले फाइदा हुनेछैन। उनलाई बाहिर राख्ने फसेला कठिन थियो तर आउँदो म्याचहरूमा हामीले चयन गरेको टीमले जीत हासिल गर्ने आशा छ। पण्टिंगले अझ भने, पृथ्वी यस साल एनसीए-मा केही समय बिताएर टीममा आएका थिए। उनले नेटको साथमा आफ्नो फिटनेसमाथि निक्कै मेहनत गरेका थिए अनि हामीलाई उनले असल प्रदर्शन गर्ने आशा रहेको थियो तर दुर्भाग्यवश यस्तो हुन सकेन।