आईपीएल २०२३: राजस्थान रोयल्स ३२ रनले विजयी

IMG-20230427-WA0285.jpg

२७ अप्रेलः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को म्याचमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई ३२ रनले पराजित गऱ्यो। सवाई मानसिंह स्टेडियममा बिहीवार खेलिएको म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै राजस्थान रोयल्सले २० ओभरमा ५ विकेट गुमाएर २०२ रन बनायो। युवा ओपनर यशस्वी जयसवालले ४ वटा छक्का र ८ वटा चौकाको साथ ४३ बलमा ७७ रन बनाए। यसबाहेक ध्रुव जुरेलले १५ बलमा २ वटा छक्का र ३ वटा चौकाको साथ ३४ रन बनाए। देवदत्त पडिक्कलले अविजित २७ रन बनाए। चेन्नई सुपर किंग्सका बलरहरूमा तुषार देशपाण्डेले सर्वाधिक २ विकेट लिए।

जवाफमा चेन्नई सुपर किंग्सले २० ओभरमा ६ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो। शिवम दुबेले ४ वटा छक्का र २ वटा चौकाको साथ ३३ बलमा सर्वाधिक ५२ रन बनाए। यसबाहेक रुतुराज गायकवाड़ले ४७ रनको योगदान दिए। मोईन अलीले १२ बलमा २३ रन बनाए। रोयल्सका बलरहरूमा स्पिनर एडम जाम्पाले सर्वाधिक ३ र रविचन्द्रन अश्विनले २ विकेट लिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *