मुख्यमन्त्री गोलेले दिल्लीमा उपचाराधीन रोगीहरूसँग गरे भेट

IMG-20230427-WA0280.jpg

गान्तोक: दिल्लीको भ्रमणमा रहेका राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले दिल्लीमा उपचाराधीन राज्यका ५५ जना भन्दा अधिक रोगीहरूसँग भेट गरे। भेटको क्रममा उनले रोगीहरूको स्वास्थ्यबारे जानकारी लिए। रोगीहरूसँग भेटने क्रममा मुख्यमन्त्री तामाङले रोगीहरूलाई उनीहरूको उपचार हेतु आर्थिक सहयोग पनि प्रदान गरे।मुख्यमन्त्रीसँग भेटपछि रोगीका परिवारजनले मुख्यमन्त्री प्रति धन्यवाद प्रकट गर्दै कृतज्ञता प्रकट गरे।

मुख्यमन्त्री तामाङले सरकारको पक्षबाट सम्भवत सबै सहयोग पुऱ्याउने वचन दिँदै विरामीहरूलाई चाँड़ै स्वास्थ्यलाभको कामना गरे। उल्लेखनीय छ, राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आफ्नो दिल्लीको भ्रमण अवधि जहिल्यै पनि समय निकालेर दिल्लीमा उपचारधीन राज्यका विरामीहरूसँग भेट गर्दै आइरहेका छन्। राज्यका गरीब, निमुखा विरामीहरूले पनि उचित समयमा उपचार पाउनुपर्छ भन्ने राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको सपना रहेको छ। सोही सपनालाई कार्यमा उतार्दै हरेक तहबाट राज्य सरकारले विरामीहरूलाई राज्य अनि राज्यबाहिर उपचारको निम्ति पठाउने कार्य गरिरहेको छ। योसँगै मुख्यमन्त्री स्वयंले आफ्नो आधिकारिक भ्रमणमा सो ठाउँमा पुगेको समयमा विरामीहरूलाई भेट्ने अनि उनीहरूलाई सम्भवत सहयोग पुऱ्याउने कार्य गर्ने गर्छन्। आज दिल्लीको सिक्किम हाउसमा विरामीहरूसँग भेट अवधि मुख्यमन्त्रीका सचिव शंकरदेव ढकाल, डीकेके भवनका चिकित्सा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *