नेपालको गण्डकी प्रदेशमा काँग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री नियुक्त

Untitled-1-copy-199

काठमाडौंः नेपालको गण्डकी प्रदेशमा सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री नियुक्त भएका छन्। बिहिवार नेपाली काँग्रेस प्रदेश संसदीय दलका नेता पाण्डेलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री नियुक्त गरेका हुन्। गुरुङलाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा एमकेसहित केन्द्रको सत्ता गठबन्धनका सांसदले समर्थन गरेपछि मुख्यमन्त्री बनेका हुन्।

पाण्डे गोरखा जिल्लाका हुन् जहाँबाट प्रचण्ड २० नोभेम्बर २०२२ को चुनावमा सांसद निर्वाचित भएका थिए। गण्डकीमा सीपीएन यूएमएलको सरकार ढलेपछि सत्ता गठबन्धनबीच को मुख्यमन्त्री बन्ने विवाद चलेको थियो। पाण्डेको नाममा सहमति भएपछि आजै उनलाई मुख्यमन्त्री बनाउन ३५ सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए। गण्डकी प्रदेशको ६० सदस्यीय संसदमा बहुमत सांसदको हस्ताक्षर पुगेपछि पाण्डे नियुक्त भएका हुन्। उनले शुक्रवार सपथ लिने कार्यक्रम रहेको जनाइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *