शिवसागर: शिवसागर जिल्लान्तर्गत मोरानको धेमेची माजगाउँबाट विलुप्त जीवको श्रेणी पर्ने एक ब्ल्याक प्यान्थर(कालो चितुवा) वन विभागद्वारा लगाइएको पिञ्जरामा कैद भएको छ। यस जीवले यस क्षेत्रमा लामो समयदेखि आतङ्क मचाईरहेको थियो। खोवाङ क्षेत्रीय वन अधिकारी कार्यालयलाई धेमेची माझगाउँ क्षेत्रमा दुर्लभ ब्ल्याक प्यान्थरले लामो समयदेखि आतङ्क मचाईरहेको सूचना पाएको थियो यो जीव धेरै पालतु पशुहरूलाई मारिसकेको थियो। ग्रामीणहरूको शिकायतपछि वन विभागले एउटा पिञ्जरा लगाएको थियो। बुधवार अबेर साझ वन विभागको पिञ्जरामा ब्ल्याक प्यान्थर फंस्यो। स्थानीय मानिसहरूको मद्दतले ब्ल्याक प्यान्थरलाई खोवाङ क्षेत्रीय वन अधिकारी कार्यालय ल्याइयो वन विभागका अधिकारीहरू अनुसार, ब्ल्याक प्यान्थरको आयु चारदेखि पाँच वर्ष हुनसक्छ। पशु चिकित्सकहरूले जाँचपछि ब्ल्याक प्यान्थर पूर्ण रूपमा स्वस्थ रहेको बताएका छन्। वन विभागको सूत्रहरू अनुसार, ब्ल्याक प्यान्थरको चिकित्सकीय जाँचपछि त्यसलाई घना जंगलमा छोडिनेछ।










