कुलपति नियुक्तिलाई लिएर मतभेद

West_Bengal_Image.png

कोलकाता: पश्चिम बंगालमा नवनियुक्त राज्यपाल डा. सीवी आनन्द बोसको साथ पनि राज्य सरकारको मदभेद शुरू भएको छ। विश्वविद्यालयहरूमा राज्यपालको भ्रमणलाई लिएर शिक्षा मन्त्री ब्रात्य बसुले आपत्ति व्यक्त गरेपछि राज्यपालले सीधा रूपमा राज्यका सबै विश्वविद्यालयहरूलाई एउटा चिट्ठी पठाएका छन्। यसमा विश्वविद्यालयहरूमा रहेका वरिष्ठ प्रोफेसरहरूको सूची मागिएको छ।
सूत्रहरूको भनाई छ, राज्यपालले राज्यभरिका विश्वविद्यालयहरूका वरिष्ठ प्रोफेसरहरूको डेटाबेस बनाउन चाहन्छन्। यसैले उनले राज्यका प्रत्येक विश्वविद्यालयबाट पाँच वरिष्ठ प्राध्यापकहरूको सूची मागेका छन्।
यसबीच सूत्रहरूले जानकारी गराएको छ, राजभवनबाट सबै कुलपतिहरूलाई ई-मेलको माध्यमले उनीहरूको नाम पठाउनलाई भनिएको छ। राजभवनबाट ई-मेल पाएपछि विश्वविद्यालयका धेरै कुलपतिहरूले उच्च शिक्षा विभागको विचार सोधेका छन्। मामिला शिक्षा मन्त्रीको संज्ञानमा आएको छ। यद्यपि, शिक्षा मन्त्री ब्रात्य बसुले मीडियालाई उनलाई यस मामिलाको जानकारी छैन भनेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement