आमसा मेगा हिलिङ शिविरबाट धेरैले उठाए लाभ

IMG-20230408-WA0112.jpg

गान्तोकः हेभेन्ली निर्वाना पाथको पहलमा गत २३ अप्रेलदेखि दक्षिण जिल्लाको जोरथाङ खेल मैदानमा आयोजित १५ दिवसीय आमसा मेगा हिलिङ शिविर कार्यक्रमको पाँचौ दिन मन्त्री एमएन शेर्पा मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। मुख्य अतिथि मन्त्री शेर्पाले आज शिविरमा उपस्थिति जनाएर शिविरमा सम्पन्न भइरहेको उपचार प्रक्रियाको अवलोकन गरे। यसरी आत्म, मन अनि शरीरको रोगले ग्रसित राज्यवासीलाई निःशुल्क उपचार गर्नहेतु यो शिविर आयोजन गरेकोमा उनले हेभेन्ली निर्वाना पाथ अनि गुरुहजुरप्रति आभार व्यक्त गर्दै धन्यवाद दिए।

उनले उपचाराधीन रोगीहरूसँग भेट गर्दै अन्तरक्रिया गरे। अन्तरक्रिया अवधि कतिपय रोगीहरूलाई यो उपचार पद्धतिले तत्काल असर गरेको पनि उनलाई रोगीहरूले अवगत गराए। स्मरण रहोस्, यो मेगा हिलिङ शिविर राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको प्रमुख संरक्षणमा अनि गुरु हजूर गड एञ्जलको दिशानिर्देशनमा आयोजना गरिएको हो। यस अघि पनि हेभेन्ली निर्वाना पाथले राज्यको विभिन्न ठाउँमा हिलिङ शिविर आयोजना गरिसकेको छ। यस वर्ष भने सबैभन्दा लामो १५ दिवसीय शिविरको आयोजना गरेको हो, जसमा राज्य अनि राज्य बाहिरका रोगीहरूले उपचार लिइरहेका छन्। उपचार पद्दति वैज्ञानिक ढङ्गमा हुने पनि आयोजक पक्षले जानकारी गराएको छ। उपचार गर्न आउने रोगीले न्युनतम ७ दिनसम्म निरन्तर रुपमा उपचार लिनुपर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement