जिल्ला अनि ग्राम पञ्चायत सदस्यहरूले लिए पद अनि गोपनीयताको शपथ

Untitled-1-copy-193

मंगनः गत २० अप्रेलको दिन सम्पन्न भएको पञ्चायत उपचुनाउका विजेताहरूले आज पद अनि गोपनीयताको शपथ ग्रहण गरे। राज्यको ग्राम अनि जिल्ला पञ्चायतमा रिक्त रहेका पदहरूमा हालै सम्पन्न पञ्चायत उप-चुनाउमा जीत हासिल गरेका मंगन जिल्लाका ग्राम अनि जिल्ला पञ्चायतका सदस्यहरूलाई आज जिल्ला प्रशासनिक केन्द्रमा पद अनि गोपनीयताको शपथ दिलाइयो। जिल्लापाल हेमकुमार छेत्रीले नवनिर्वाचित सदस्यहरूलाई शपथ दिलाए। शपथ कार्यक्रममा अतिरिक्त जिल्लापाल काशीराज लिम्बू, मंगनका खण्ड विकास अधिकारी कैलाश थापा, चुनाउ विभागका डीएस कर्मा शेर्पा लगायत अन्यको उपस्थिति रहेको थियो।

जानकारी गराइन्छ, मंगन जिल्लामा नामोक स्वयेम जिल्ला पञ्चायतबाट नोरजाम भोटियाले जीत हासिल गरेकी थिइन्। यसरी नै ग्राम पञ्चायतमा काबी रोङ्पाको गैरी वार्डबाट विजयी सदस्यलाई जिल्लापालद्वारा प्रमाण पत्र पनि हस्तान्तरण गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement