मुख्यमन्त्री तामाङले केन्द्रिय मन्त्री आरके सिंहसॅंग भेट गरे

IMG-20230427-WA0289.jpg

गान्तोकः मुख्यमन्त्री प्रेमसिंह तामाङले बिहिवार नयॉं दिल्लीस्थित श्रम शक्ति भवनमा केन्द्रिय विद्युत, नयॉं र नवीकरणीय उर्जा मन्त्री आरके सिंहसॅंग भेट गरे। यस भेट अवधि मुख्यमन्त्रीले राज्यमा अप्रेल महिनामा वर्षाका कारण भएको विद्युत आपूर्तिमा व्यवधान सम्बन्धी रिपोर्ट बुझाए। केन्द्रिय मन्त्रीले पनि उक्त रिपोर्ट केन्द्रिय प्राधिकरणहरू समक्ष चॉंडो आकलनको निम्ति पठाइदिने आश्वासन दिए।

केन्द्रिय मन्त्रीले सिक्किमको एउटा जीवन्त गाउॅं नाथाङ भ्रमणको इच्छा व्यक्त गरे। मुख्यमन्त्रीले पनि उनलाई सिक्किम भ्रमणको निम्ति निमन्त्रणा दिए। मुख्यमन्त्रीले विद्युत सुधार र वितरणको क्षेत्रमा समर्थनको निम्ति केन्द्रिय मन्त्रीलाई धन्यवाद दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement