उत्तर दिनाजपुर: मृत्युञ्जय बर्मनको शवको मेडिकल पोस्टमार्टम रायगञ्ज मेडिकल कलेजको पुलिस शवगृहमा मेजिस्ट्रेटको उपस्थितिमा परिवारका सदस्यहरूको अगाडि भिडियोग्राफी गरेर सुरु भयो। बिहीबार दिउँसो करिब ३ बजे मृतकका आफन्त आएर पोस्टमार्टमको कागजमा हस्ताक्षर गरेका थिए। त्यसपछि मेजिस्ट्रेटको उपस्थितिमा आफन्तहरूको अगाडि भिडियोग्राफी गरेर मेडिकल पोस्टमार्टम सुरु भयो।यसको निम्ति कडा सुरक्षा व्यवस्था गरिएको थियो। पहिले बाटै भारी पुलिस बल परिचालन गरिएको थियो।










