एडवाडर्सले राजनीतिदेखि माथि उठेर जन सेवाको कार्यहरू गर्दै आईरहेका छन्: दिपेन राई

IMG-20230427-WA0271.jpg

दार्जीलिङ: चुनाव आउँछ जान्छ तर अजय एडवाडर्सले जहिले पनि राजनीतिदेखि माथि उठेर जन सेवाको कार्यहरू गर्दै आईरहेका छन्। गत केही दिन अघि हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स सुकिया मानेभन्ज्याङ समष्टि अन्तर्गत गुर्दुङ गाउँको भ्रमण गर्न पुगेका थिए। त्यस अवधि लालबहादुरको घरमा पुगेका थिए अनि लालबा़हादुरसँग केही क्षण बातचीत गरेका थिए। लालबहादुरको अवस्था देखेर भावुक बन्दै ओढने, ओछयाउने आदि जस्ता सर सामाग्रीहरू स्थानीय पार्टी कार्यकर्ताहरू मार्फत् पठाई दिएका छन्। यसै सन्दर्भमा हाम्रो पार्टीको गुर्दुङ क्षेत्रका अध्यक्ष दिपेन राईले भने, ‘गत केही दिन अघि पार्टी अध्यक्ष गुर्दुङ घुम्न आउनु भएको थियो। त्यस अवधि उनी लालबहादुर दाजुको घरमा पुग्नु भयो।

लालबहादुर दाजुको कोही परिवारहरू छैन। अध्यक्ष अजय एडवाडर्सले लालबहादुरसणग धेरै बेर बातचीत गरेपछि फर्किएका थिए। आज अध्यक्ष एडवाडर्सले एक गाडी ओढने,ओछयाउने आदि जस्ता सर सामाग्रीहरू पठाई दिनु भएछ अनि हामीले लालबहादुर दाजुलाई उसको घरमा पुराई दिएका छौं।’
अजय एडवाडर्सले अहिले पनि राजनीतिदेखि माथि उठेर जन सेवाको कार्यहरू गर्दै आईरहेको राईले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement