खरसाङ: भारतीय गोर्खा परिसंघ खरसाङ शाखाको एक सभा सभापति सहदेव चामलिङ राईको अध्यक्षतामा सम्पन्न भएको छ। यस सभामा आगामी १४ मईको दिन हुन गईरहेको कार्यशालाबारे सबै सदस्य-सदस्याहरूलाई सूचित गर्दै कार्यशालामा भाग लिने निवेदन गर्ने निश्चय गरिएको छ। यसै सभामा पाँच नयाँ सदस्यहरू क्रमैले ग्याल्पो लामा, कुमार मंग्राती, कृष्णकुमार शर्मा, सुसान्त मोक्तान अनि अभिनय रसाईलीले सदस्यता ग्रहण गरेका छन्। सदस्यता ग्रहण गरेवापत उनीहरू सबैलाई भागोपका शाखा सचिव साथै अन्य उपस्थित सदस्हरूले स्वागत जनाएका छन्। सभाको अन्त्यमा सभाध्यक्षले आफ्नो वक्तव्य राख्दै सभा बर्खास्त गरिएको जानकारी खरसाङबाट तारा छेत्रीले दिएकी छन्।