भोट र नोटको लागि युवाहरूको भविष्यसँग खेलवाड गर्नेहरूलाई सजा दिलाएर छोड्नेछौं: एडवर्ड

IMG-20230427-WA0236.jpg

दार्जीलिङ: हाम्रो शिक्षित भाइ बहिनीहरूको भविष्यसँग खेलवाड गर्नेहरूलाई हामी सजा दिलाएर छोडनेछौं भनी हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवर्डसले बताएका छन्। उनले भने, ‘गत १४ फरवरी २०२१ मा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको चौकीमा बस्नेहरूले टेट परीक्षाको आयोजना गरेको थियो अनि उक्त टेट परीक्षामा पहाडको हजारौं शिक्षित युवा भाइ-बहिनीहरूले अंश गरेका थिए तर २०२३ लागि सक्दा पनि टेट परीक्षाको परिणाम प्रकाशित नहुँदा हाम्रा युवा भाइ-बहिनीहरूको मनमा सन्देह उत्पन्न भईरहेको थियो। गत केही दिन अघि जीटीएको पूर्व चेयरम्यान एंव वर्तमान सभासद विनय तामाङले २०२१ मा जीटीएले डाकेको टेट परीक्षा पहाडको तीनवटा विधानसभा सिट हत्याउन र चुनावी खर्च निकाल्न रचेको षड्यन्त्र थियो भन्ने खुलासा गरेपछि टेट परीक्षामा बस्ने परिक्षार्थीहरूको मन ठेस लागेको छ। चुनाव जित्न र चुनावी खर्च संग्रह गर्न शिक्षित भाइ-बहिनीहरूको भावनासंग खेलवाड गर्नु उचित होइन।’
हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवर्डसले अघि भने, सामाजिक संचालमा टेट परीक्षाको परिक्षार्थी कपिल प्रधानले १४ फरवरी २०१४ को टेट परीक्षाको परीक्षामा आफु घुम बोइस हायर सेकेण्डेरी स्कूलको परीक्षा केन्द्रमा बसेको जानकारी गराएका छन्। प्रधानले आफ्नो फेसबुक पेचमा अघि लेखेका छन् परिक्षार्थीहरूको गोजीबाट पैसा निकाल्ने र भोट हत्याउने रचेको नक्कली टेट परीक्षाको आयोजना गराएको थिएछ भन्ने अहिले हामीले थाहा पायौं भन्ने जस्ता मनको व्यथाहरु पोखेका छन्।परीक्षार्थी कपिल प्रधानले पोखेको व्यथाहरु पढ्दा शिक्षित भाई-बहिनीहरूको भावनासँग खेलवाड गर्नेहरूले सजा पाउनै पर्छ अनि उनीहरूलाई कानूनी प्रक्रिया अनुरूप हामी सजा दिलाएर छोडनेछौं।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement