बीसीसीआईको केन्द्रीय अनुबन्धः रिचा घोष र जेमिमा रोड्रिग्सलाई प्रोमोशन, शिखा बाहिर

IMG-20230427-WA0254.jpg

२७ अप्रेलः युवा विकेटकीपर रिचा घोष र जेमिमा रोड्रिग्सलाई बीसीसीआईको २०२२-२३ सीजनको निम्ति केन्द्रीय अनुबन्धमा ग्रेड बी-मा प्रोमोशन प्राप्त भयो जबकि शिखा पाण्डे र तानिया भाटिया बाहिर भएकी छन्। अनुबन्ध अक्टोबरदेखि सेप्टेम्बरको हुन्छ तर बीसीसीआईले बिहीवार नै यसको घोषणा गऱ्यो। ए ग्रेड-मा रहने खेलाड़ीहरूलाई म्याच फीस छोड़ेर ५० लाख, बी-मा हुनेहरूलाई ३० लाख र सी-मा रहनेहरूलाई १० लाख रुपियाँ गरेर प्राप्त हुन्छ। बोर्डले ए ग्रेड-मा केवल कप्तान हरमनप्रीत कौर, ब्याटर स्मृति मन्धना र अलराउण्डर दीप्ति शर्मालाई राखेको छ। स्पिनर राजेश्वरी गायकवाड़लाई ग्रेड बी-मा राखिएको छ। लेग स्पिनर पूनम यादवलाई अनुबन्ध हासिल भएन, जो गतपल्ट ग्रेड ए-मा थिइन्। उनले मार्च २००२-देखि भारतको निम्ति खेलेकी छैनन्। अनुभवी पेस बलर शिखा पाण्डेलाई पनि अनुबन्ध हासिल भएन। पेस बलर रेणुका ठाकुरलाई ग्रेड बी-मा राखिएको छ। गत वर्ष महिला क्रिकेटरहरूका निम्ति समान वेतनको घोषणा गर्ने बीसीसीआईले १७ महिला क्रिकेटरहरूलाई केन्द्रीय अनुबन्ध दियो। हालै बीसीसीआईले ऐतिहासिक फसेला गर्दै महिला र पुरुष क्रिकेट टोलीलाई समान वेतन दिने घोषणा गरेको थियो। यस दृष्टिकोणले अब महिलाहरूलाई पनि ग्रेड ए-मा वार्षिक ५ करोड़, ग्रेड बी-मा ३ करोड़ र ग्रेड सी-मा १ करोड़ रुपियाँ गरेर हासिल हुनेछ।
अनुबन्ध सूचीः
ए ग्रेडः हरमनप्रीत कौर, स्मृति मन्धना र दीप्ति शर्मा।
बी ग्रेडः रेणुका ठाकुर, जेमिमा रोड्रिग्स, शेफाली वर्मा, रिचा घोष र राजेश्वरी गायकवाड़।
सी ग्रेडः मेघना सिंह, देविका वैद्य, एस मेघना, अञ्जलि सरवानी, पूजा वस्त्राकर, स्नेह राणा, राधा यादव, हरलीन देयोल र यास्तिका भाटिया।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement