प्राणी सम्पदा विकास विभागद्वारा पशु पालनबाट स्वनिर्भर बनाउने उद्देश्यले पशु पालकहरूलाई पशुहरू वितरण

IMG-20230427-WA0140.jpg

खरसाङ: प्राणी सम्पदा विकास विभागले पशु पालन पनि स्वनिर्भर बन्नु सक्ने एउटा विकल्प हो भन्ने सन्देश दिँदै सुकना पानीघटा समष्टिमा पशु पालकहरूलाई पशुहरूववितरण गरिएको छ।
जनसम्पर्क अधिकारी एसपी शर्माले जानकारी दिए अनुसार आज २६ नम्बर समष्टिका ३० जनालाई १ को दरले गाई, ३० जनालाई ३ को दरले बाख्रा, ३३ जनालाई ४ को दरले सुँगुर अनि १००० जनालाई १० को दरले कुखुराको चल्ला वितरण गरिएको छ। ती सबै प्राणीको जीवन बीमा, भ्याक्सिन अनि अन्य आवश्यक सामानहरु पनि लाभार्थीलाई दिइएको छ।

आजको कार्यक्रममा जीटीए प्रमुख कार्यपाल अनित थापा लगायत सभासदहरुमा क्रमश: परेश तिर्की, अरुण सिंग्ची, मिलेश राई, कल्पना प्रधान, सल्लाहकार अमर लामा, ट्रेड युनियनका जेबी तामाङ, जन सम्पर्क अधिकारी एसपी शर्मा साथै विन्नी शर्मा उपस्थित थिए। त्यसरी नै समष्टिका भागोप्रमोका कार्यकारिणी सदस्यहरू, विभागीय अधिकारीहरू अनि साधारण जनताको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement