खरसाङमा आजदेखि शुरु भयो नौ दिवसीय चण्डी महायज्ञ, रुद्राभिषेक (फोटो फिचर)

00-1-Puja-1

मिडिया कलियुगको तेस्रो आँखा हो: श्री श्री मन्दाकिनी पुरी माता

खरसाङ: आज वैशाख शुल्क पक्ष सप्तमीदेखि खरसाङको सात कन्या देवी एवं माँ कात्यायनी धाममा ३७औं नौ दिवसीय चण्डी महायज्ञ, रुद्राभिषेक शुरु भएको छl यो नौ दिनको चण्डी महायज्ञ पूजा आउँदो महिना ५ मई वैशाख पूर्णिमासम्म सम्पन्न हुनेछl आज बिहान कलश यात्राद्वारा उज्जैन मध्ये प्रदेशबाट आएकी पंचायती निरञ्जनी अखडाकी १००८ महामण्डलेश्वर श्री श्री मन्दाकिनी पुरी माताद्वारा शुभारम्भ गरियोl यस अवसरमा सिक्किमबाट निरञ्जनी अखडाका सदस्य बाबा गरुको विशेष आगमन रहेको थियोl पंचायती निरञ्जनी अखडाका १००८ महामण्डलेश्वर श्री श्री मन्दाकिनी पुरी माताले यस पहाडीको मन्दिरमा आउँदा धेरै नै खुशी लागेको बताइन्l गुरुको बारेमा उनले भनिन्, ‘गुरुले नै अज्ञानको पर्दा हटाउँछl’ कलियुगमा मिडियाको भूमिका बारे उनले भनिन्, ‘मिडिया कलियुगको तेस्रो आँखा होl सत्यलाई उजागर गर्नुपर्छl’ यस नौ दिवसीय चण्डी महायज्ञमा किन्नर महासभा पश्चिम बङ्गालका अध्यक्ष माता सन्तोषीको पनि आगमन हुनेभएको छl

उज्जैन मध्ये प्रदेशका पंचायती निरञ्जनी अखडाकी १००८ महामण्डलेश्वर श्री श्री मन्दाकिनी पुरी माताl

खरसाङ बजारदेखि करिब तीन किलोमिटर तल स्प्रिङ साइडको उजेरी बस्तीमा अवस्थित सात कन्या देवी एवं माँ कात्यायनी धाममा आजदेखि नै धेरै श्रद्धालुहरू आउन थालेका छन्l गएको ३७ वर्षदेखि यहाँ यसरी पूजा गरिँदै आएको छl यस नौ दिवसीय चण्डी महायज्ञमा कलश यात्रा, पन्चाङ पूजन, वरण, मण्डप प्रवेश, कलश स्थापना, मण्डल पूजा, शिव रूद्राभिषेक, श्रृङ्गार, आरती, पुष्पाञ्जलीको कार्यक्रम हुने गर्दछ। यसका साथै शिव रूद्राभिषेक, कुमारी कन्या पूजा, हवन पूर्णाहुति साथै सङ्गीतमय भजन संध्या हुने गरिन्छ। नौ दिनको  चण्डी महायज्ञमा माँ कात्यायनी पिताम्बरी श्रृङ्गार, एक हजार आठ दिपमाला, ८४ व्यञ्जन भोग महाआरती, माँ भगवती राजोपचार पूजा अभिषेक श्रृङ्गार र माँ काली ६४ योगिनी पूजाको विशेष कार्यक्रम रहेको हुनाले पूजाको मुख्य आकर्षण रहेको छ।

सिक्किमबाट निरञ्जनी अखडाका सदस्य बाबा गरुl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement