तृणमूलको नयाँ ज्वार कार्यक्रम सूची लिएर अभिषेक ब्यानर्जी आईपुग्यो कालचिनी

20230427120927_IMG_2400

कालचिनीः पूर्वघोषित कार्यक्रम सूची अन्तर्गत कोचबिहार जिल्लाको सभा पश्चात बिहीबार अलिपुरद्वार जिल्लाको बाराबिसा र अलिपुरद्वार एक नम्बर ब्लक पश्चात तृणमूल महासचिव तथा सांसद अभिषेक ब्यानर्जी प्रायः साँझघरी कालचिनी आईपुगेको थियो। कार्यक्रम स्थलमा पुगेपछि महासचिव अभिषेक ब्यानर्जीलाई मञ्चमा भव्य स्वागत जनाईएको थियो भने सभामा प्रारम्भिक वक्तव्य तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकास चीक बढ़ाईक लगायत जेडीए चेयरम्यान गङ्गा प्रसाद शर्मा र सञ्चालन तृणमूल अलिपुरद्वार जिल्ला चेयरम्यान मृदुल गोस्वामीले गरेको थियो। सभालाई सम्बोधन गर्दै प्रथमत तृणमूल महासचिव तथा सांसद अभिषेक ब्यानर्जीले सबैलाई नमस्कार आह्वान गर्दै २ महीनाव्यापी तृणमूलको नयाँ ज्वार कार्यक्रम सूची लिएर आफू घर छोड़ेर निस्किएको र यस मार्फत आगामी पञ्चायत चुनाउमा प्रार्थी लिएर कुनै प्रकारको सिफारिश वा तँछाड़ मछाड़को होड़ निर्मूल पार्न जनसाधारणको आफ्नो स्वतन्त्र औ गोप्य मत ब्यालेट मार्फत खसालेर आफ्नो प्रार्थी तय गर्ने र त्यही प्रार्थीलाई जिताएर ग्राम पञ्चायत, पञ्चायत समिति औ जिल्ला परिषदमा पठाउने ताकि जनसरोकार एवम् विकासको काम हुन सकोस भनि प्रत्येक सभास्थलमा भोट ग्रहण केन्द्र राखिएको र ब्यालेटमा मत दिन नसके जारी गरीएको मोबाइल नम्बर मार्फत आफ्नो प्रार्थीको नाम लेखेर पठाउन सक्ने बताए।
यति मात्र नभएर विगत लोकसभा चुनाउमा जुन आशा राखेर भाजपालाई अलिपुरद्वारको जनताले जिताएको थियो त्यो महाभूल भएको र यसलाई अब आउँदो चुनाउमा सुधार गर्नु पर्ने सांसद अभिषेक ब्यानर्जीले बाराबिसा, अलिपुरद्वार र कालचिनीमा दोहोऱ्याएको थियो।जोन बारलालाई सांसद बनाएर पठायो र अहिले मन्त्री पनि भएको तर अलिपुरद्वार संसदीय क्षेत्रको विकासमा १० पैसा पनि खर्च नगरेको तर उल्टा आफ्नो बिल्डिङ बनाएको र घुमी घुमाईमा व्यस्त रहेको व्यंग गर्दै जनसाधारणले अब बुझ्न पर्ने अभिषेक ब्यानर्जीले आह्वान गरेको थियो।जसलाई सांसद र मन्त्री बनाएर दिल्ली पठायो उसैले आज मरीमरी कमाएको सयदिने कामको रोज रोक्न लगाएको र यसको विरुद्ध बंगालको जनताले दिल्लीमा प्रधानमन्त्री समक्ष करोडौँ पत्र जमा गर्ने र यिनै कर्मसूची लिएर दुई महीनाको निम्ति आफू हिँड़ेको र राज्यभरीका प्रायः ३३४३ वटा ग्राम पञ्चायतबाट जनताले नेताको दवाब वा सिफारिशमा नभएर आफ्नो मतले चुनेको पञ्चायत, पञ्चायत समिति र जिल्ला परिषदको प्रार्थीलाई नै आगामी पञ्चायत चुनाउमा उभ्याउने कुरा तृणमूल महासचिव तथा सांसद अभिषेक ब्यानर्जीले दोहोऱ्याएको थियो।कालचिनी पश्चात महासचिव अभिषेक ब्यानर्जीको सभा बीरपाड़ामा रहेको छ भने आज तिनी मदारीहाटमा रात्रि विश्राम गर्ने बताईएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement