गोलाघाट: रिफाइनरीको पाइप लाइनबाट तेल (कूड ओयल) चोरीको क्रम जारी छ।बुधवार अबेर राति तेल चोर्नेहरूले जिल्लाको बोकाखातको निकटवर्ती सांप जोड़ी बंगाली गाउँ नजिक तेलको पाइप लाइनमा प्वाल बनाएर चोरी गरे। जब चोरहरूको दल तेलको चोरी गरेर सफलतापूर्वक गईसकेको थियो। तबमात्र पुलिसले घटनाको जानकारी पायो ।बिहीवार बिहान स्थानीय गाउँलेहरूले गाउँको पोखरीमा आधाभन्दा धेरै तेल भरेको देखे। मानिसहरूले यसको सूचना बोकाखात पुलिस धानालाई दिए। जब पुलिसले घटनास्थलमा पुगेर उक्त तेलबारे छानबीन गर्यो तब गाउँ नजिकबाट जाने पाइप लाइनमा प्वाल पाए, जहाँदेखि तेल बगेर पोखरीमा पसिरहेको थियो।गाउँलेहरूले भने, रातको समयमा पाइप लाइनमा प्वाल पारेको आवाज सुनिएको थियो तर मानिसहरूले यतातिर ध्यान दिएनन् घटनास्थलबाट पुलिसले एउटा चप्पल, कोदालो, बेल्चा र एक कुप्पी बाहेक अरू केही पनि पाएन। घटनास्थलको २०० मीटर परिधिलाई पुलिसले घेरेर राखेको छ। पुलिसद्वारा यस क्रममा अघिको कारबाही गरिन्दैछ। उल्लेख्य, तेल पाइपलाइनबाट क्रूड ओयलको चोरीको क्रम धेरै दशक पुरानो हो तेल चोरी गर्ने धेरै घरानाहरू अमीर भए, हेर्दा हेर्दै ठूला-ठूला ओहोदासम्म पनि पुगे तर चोरीको घटना आजपनि जारी छ।