पक्रा परेका अलकायदाका संदिग्ध आतंकवादीको चकित पार्ने खुलासा

IMG-20230410-WA0168.jpg

कोलकाता: पश्चिम बंगाल पुलिसको स्पेशल टास्क फोर्स (एसटीएफ) द्वारा पक्राउ गरिएको अलकायदाका संदिग्ध आतंकवादी नसीमुद्दीन शेखले जाँचबुझमा चकित पार्ने खुलासा गरेको छ।उसले बताएनुसार कोरोना कालमा सारा संसार लकडाउन भएको बेला उसले व्यापक रूपमा नयाँ आतंकवादीहरूलाई भर्ती गरेर आफ्नो नेटवर्कलाई फैलाइ रहेको थियो। हाल १४ दिनको पुलिस हिरासतमा रहेको नसीमुद्दीनसित लगातार जाँचबुझ भइरहेको छ। उसले स्वीकार गरेको छ, लकडाउनको बेलामा हावड़ा जिल्लासित टाँसिएको बाँकुड़ामा अवस्थित एक मदरसेलाई उसले आफ्नो ठेगाना बनाएको थियो।एसटीएफका एक अधिकारीले बताए, यस मदरसेमा बस्दा बस्दै उसले अलकायदाका अन्य सहयोगीहरूसित आफ्नो सम्बन्ध स्थापित गरेको थियो। यिनीहरूमध्ये केही पक्राउ परिसकेका छन्। नसीमुद्दीनको मुख्य काम अल्पसंख्यक युवकहरूको ब्रेनवाश गरेर उनीहरूलाई आतंकवादी बन्नको लागि तयार गर्नु थियो। उसले स्लीपर सेल बनाउनको लागि भर्तीहरू गराइरहेको थियो। तर लकडाउन सकिएपछि आफू पक्राउ पर्ने डरले उ मदरसेबाट भागेर पश्चिम बंगालदेखि बाहिर गएको थियो। उ हालैमा पश्चिम बंगाल आएको थियो। यसबीच जानकारीको आधारमा उसलाई हुगलीको दादपुरबाट उसको आफन्तको घरबाट पक्राउ गरियो।
उल्लेखनीय छ कि गत वर्षको नोभेम्बर महिनामा एसटीएफले दक्षिण २४ परगना जिल्लाको मथुरापुराबाट अलकायदाको अर्को आतंकवादी मनीरूद्दीन खानलाई पक्राउ गरेको थियो। खानबाट एउटा पेन ड्राइभ फेला परेको थियो जसमा नसीमुद्दीनको बारेमा सम्पूर्ण जानकारी थियो। त्यसै आधारमा उसलाई खोजियो र अन्ततः उ पक्रा पर्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement