शुक्रबार १२ घण्टा उत्तर बंगाल बन्दको आह्वान
सिलगढी: कालियागञ्ज बलात्कार पछिको हत्या काण्डले शहर तात्तिरहेको बेला पुलिसको गोली लागेर एक राजवंशी युवक मृत्युञ्जय बर्मनको मृत्यु भएपछि कालियागञ्जको स्थिति तनावग्रस्त भएको छ। हिजो पुलिस र आक्रोशित भीड़बीच भएको झड़पमा पुलिसको गोली लागेर एक राजबंशी युवकको मृत्यु भएको थियो। यसैको बिरोध गर्दै आज सिलगढीमा पनि भाजपाको जिल्ला संगठनले विरोध र्याली निकाल्यो। ।हास्मी चोकबाट सुरु भएको विरोध र्याली हिलकार्ट रोड, सेवक रोड हुँदै हास्मी चोकमै फर्किएको थियो। जहाँ भाजपा कार्यकर्ताहरुले मुख्यमन्त्रीको पुत्ला जलाए। सो क्रममा प्रदर्शनकारीहरू र पुलिसबीच केहीबेर तनावको सृजना भयो । कार्यक्रममा मतिगडा-नक्सलबारीका विधायक आनन्दमय बर्मनले उत्तर बङ्गालका जनताको हितका लागि भोलि शुक्रबार पूरै उत्तर बंगालमा १२ घण्टा बन्दको आह्वान गरिएको बताए। जुन बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म चल्नेछ। कार्यक्रममा मतिगडा-नक्सलबारीका विधायक आनन्दमय बर्मन, सिलगढीका विधायक शंकर घोष सहित हजारौं भाजपा कार्यकर्ताहरू सहभागी थिए।









